पूर्वाञ्चलमा छ महिनामा चौरासीवटा बलात्कारका घट्ना


प्रकाशित मिति :2016-07-01 11:48:28

महिला खबर
सुनसरी,   गत छ महिनामा पूर्वान्चलमा छ जना महिलाको हत्या भएको छ ।इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका अनुसार गत जनवरीदेखि जुनसम्ममा राज्य पक्षबाट एकजना  र गैरराज्य पक्षबाट ५ जना  महिलाको हत्या भएको हो ।  सोही अवधिमा पूर्वाञ्चलमा ३ सय ४४ जना महिला  हिंसा पीडित भएका छन् । ८४ वटा बलात्कारका घटना भएका छन । ती मध्ये ६२ वटा घटना  वालिका वलात्कारका  छन् । छ महिनाको अवधिमा पूर्वाञ्चलमा भएका ४ सय ७९ घटनामा ४ सय ९५ जना पीडित भएको इन्सेकले विराटनगरमा आयोजना गरेको मानवअधिकार र पूर्वाञ्चलको मानवअधिकारको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले मानवअधिकारभित्र पर्ने शिक्षा, स्वास्थ्य जस्ता विषयमा सबै सरोकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो ।  त्यसैगरी मोरङमा प्रहरी प्रमुख संदिप भण्डारीले मानवअधिकारको संरक्षणमा राज्य उत्तरदायि भएपनि एक्लो प्रयासले नहुने वताउनुभयो । मानवअधिकारकर्मी, पत्रकार,नागरिक समाज सबैको सहकार्यमा उहाँको जोड छ । कार्यक्रममा इन्सेकका महासचिब रमेशचन्द्र पौड्यालले राज्यले अझै पनि मानवअधिकारको संरक्षण गर्न नसकेको आरोप लगाउनुभयो । यसैवीच कालिकोटमा छ महिनाको अवधिमा मानवअधिकार उल्लंघनका १५ वटा घटना भएका छन् । मानवअधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले गरेको अर्धबार्षिक समिक्षा गोष्ठीमा  जनवरीदेखि हालसम्म यौन दुव्र्यहारका ९ वटा घटना र अमानविय मानव अधिकार उल्लघनको एउटा घटना भएको कालिकोट इन्सेक प्रतिनीधि कालीबहादुर मल्लले बताउनुभयो । ‘सबैभन्दा बढी महिला हिंसाका घटना भएका छन् ।’ उहाँले भन्नुभयो,–‘विगतको भन्दा बढी घटना हुन् ।’

महिला समन्वय समितिका अध्यक्ष भावना शाहीले  महिला हिंसा बढ्नु लाजमर्दाे भएको भन्दै आधुनिक समाजको कल्पना गरिरहँदा अझै समाजमा महिला हिंसाका घटना बढिरहेका बताउनुभयो ।  नेकपा एमालेका जिल्ला अध्यक्ष नगेन्द्र शाहीले नेपाली समाजमा विद्रोह वा आन्दोलनका बेलामात्र मानवअधिकार विषयमा कुरा उठ्ने गरेको समाजमा अहिले पनि मानवअधिकार गम्भीर उल्लंघन हुने गरेको र त्यसतर्फ कसैको ध्यान जान नसकेकोे बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष धर्मराज शाहीले मानवअधिकारले सबैको अधिकारको रक्षा गर्ने भएकोले मानवअधिकार क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले निश्पक्ष भएर काम गर्न आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासंघका जिल्ला शाखा कालिकोटका सल्लाहकार तुलाराम पाण्डेले अहिले पनि समाजमा बालबिवाह, अनमेल बिवाह र सामाजिक कुरिती रहेकाले त्यसमा पनि मानवअधिकारको क्षेत्रमा काम गर्ने संस्थाले ध्यान दिनुपर्ने सुझाउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: