महिला खबर
ललितपुर । प्रहरी उपरीक्षक किरण बज्राचार्य ट्राफिक इन पर्सन हिरोबाट सम्मानित हुनुभएको छ । अाधुनिक दासता अन्त्यका लागि योगदान पुर्याउनेलाई हरेक वर्ष अमेरिकाले यो सम्मान दिदै आएको छ । महिला र बालबालिका महिला र बालबालिकाको तस्करीलगायतका अपराध क्षेत्रमा अनवरत अनुसन्धान र नियन्त्रणमा योगदान पुर्याएवापत उहाँलाई यो सम्मान दिइएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ । साथै महिला र बालबालिकामाथि हुने अपराध नियन्त्रण गर्न तालिम सामग्री बनाइ प्रहरीहरूलाई तालिम दिएको, प्रहरीसंगठनभित्र मानव अधिकार सुनिश्चित गर्न र संगठनलाई लैंगिकमैत्री बनाउन अनवरत रुपमा खटेकाले उहाँलाई यो सम्मान प्रदान गरिएको अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित ‘ट्राफिक इन् पर्सन २०१६’ प्रतिवेदनमा उल्लेख छ । संसारभरीबाट छानिएका ८ जनामध्ये नेपालबाट बज्राचार्य पर्नुभएको हो ।
प्रतिवेदन अनुसार म्यानमार,सुडान र हाइटी मानव बेचबिखनको सबै भन्दा नराम्रो अवस्थामा छन् । २०१६ मानव बेचबिखन प्रतिवेदनमा नेपाल मध्यम रहेको छ । प्रतिवेदनमा गतवर्ष र यसवर्ष नेपाल टायर २ मा रहेको छ। ७ जटा देशले टायर २ बाट टायर १ मा प्रगति गरेका छन्, जसमा कोलम्बिया साइप्रस लिथुनिया र फिलिपिन्स पनि छन्।
उक्त रिपोर्टले सरकारको मानव बेचबिखनविरुद्धको प्रयासलाई समेट्दछ, यसले १९० वटा देशमध्ये सबैभन्दा नराम्रोलाई टायर ३ र सबैभन्दा राम्रोलाई टायर एकले रेटिङ गर्दछ।
Comment Here!