महिला खबर
चितवन । महिला तथा बालबालिका कार्यालय भरतपुरकी प्रमुख शान्ता कुमारी पौडेलले महिला शशक्तिकरण विना कुनै पनि विकासका काम हुन नसक्ने बताउनु भएको छ । भूकम्प प्रभावितका लागि आपत्कालिन संरक्षण सेवामा महिला विकास कार्यक्रम अन्र्तगत एकदिने समिक्षा एवम् सार्वजनिक परिक्षण कार्यक्रममा बोल्दै प्रमुख पौडेलले महिला आपसमा संगठित भई दिगो विकासका लागि स्वयं सचेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा महिला तथा बालबालिका कार्यालयको आर्थिक सहयोग र जिल्ला पशुसेवा कार्यालयसँगको समन्वयमा शक्तिखोरको प्राविधिक सहयोगमा व्यवसायिक बाख्रा पालन कार्यक्रम शुरु गरिएको तदर्थ संस्थाकी लेखा संयोजक सानुमाया तामाङले जानकारी दिनुभयो ।
कार्यालयले बाख्रा पालनका लागि सिद्धि गाविसका २० जना महिलालाई प्रतिव्यक्ति ७ हजार पाँच सय रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । साथै कार्यालयले सिद्धिका महिलाको नेतृत्व तथा व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । घरेलु हिंसा, हिंसा प्रभावित बालबालिकाका लागि परिवार पुर्नःमिलन कार्यक्रम, बहुविवाहविरुद्ध जनचेतनामुलक कार्य निगरानी समूह गठन गरी काम भैरहेको कार्यालयकी नानीमाया पौडेलले जानकारी दिनुभयो ।
Comment Here!