बोल्ने कला सम्बन्धी तालिम


प्रकाशित मिति :2016-07-03 11:48:37

महिला खबर
स्याङ्जा । महिलाका लागि बोल्ने कला सम्बन्धि  तीन दिने तालिम आज सकिएको छ । संचारिका समूह स्याङ्जाको आयोजना तथा जिल्ला विकास समितिको सहयोगमा महिलाका लागि क्षमता अभिबृद्धि तथा बोल्ने कला तालिम शुक्रवार सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै स्थानीय विकास अधिकारी महेश भट्टराईले मनभित्रबाट तँछाड मछाड आउने शब्दावलीलाई व्यवस्थित रुपमा मिलाएर बोल्न जान्नु नै कला भएको बताउनुभयो  ।  भट्टराईले बोलेर आय आर्जन गर्न महिलालाई सुझाउनुभयो । पुतलीबजार नगरपालिका  १३ स्थित मायाटारीमा कार्यक्रम गरिएको हो ।

33

कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं. १३ का संयोजक मनोज पौडेल, प्रगती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सल्लाहकार तारा अर्याल, सहभागी कमला पौडेललगायतले बोल्ने कला तालिमको आवश्यकताका बारेमा जोड दिनुभएको थियो ।

तालिममा २५ महिलाको सहभागिता थियो । तालिममा प्रशिक्षक कुमार राना, नागरिक समाजका अध्यक्ष ओमप्रकाश शर्मा, महिला तथा बालबालिका कार्यालयका प्रमुख चन्द्रकुमारी ब्यञ्जनकार, रेडियो स्याङ्जाका स्टेशन प्रवन्धक रमेश गोदार, संचारिका समूह स्याङ्जाका अध्यक्ष भवानी अधिकारीलगायतले बोल्ने कला, महिला हिंसा, घरेलु हिंसा, महिला अधिकार लगायतका बिभिन्न बिषयमा प्रशिक्षण दिनेछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: