घाँस बेचेर आत्मनिर्भर


प्रकाशित मिति :2016-07-03 12:33:49

पार्वती पाण्डे
कपिलवस्तु । जाँगर भए के हुँदैन , पैसा कमाउनकै लागि विदेश जानुपर्दैन,  पैसा हाम्रै हातमा छ । यो भनाई हो मधौली कपिलवस्तुकी शिवकला वेल्वासेकोको । घाँस रोपेर पनि उत्कृष्ट आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् वेल्वासे ।

आफ्नो घर नजिकैको खेतमा उन्नत जातका घाँस रोपी  विक्रीवितरण गरेर पैसा कमाउँदा उनी निकै खुशी छन् । सँधै धान, अन्य वाली लगाउने खेतमा समेत उनले उन्नत जातका मलाटो , भट्मासे , नेपियर , मेन्डोला, बदामे , कोशे र अकोशे घाँसको व्यवसायिक  उत्पादन गर्दै आएकी छन् । आफ्नै घरमा सवै परिवारसँगै वसेर गरेको मेहनत, थोरै लगानीले राम्रो आम्दानी भइरहेको उनी बताउँछिन् ।

कपिलवस्तुको मधौलीमा महिलाले उत्पादन गरेको उन्नत जातका घास बारे जानकारी गराउदै विहानी सामाजिक उद्यमी महिला सहकारी कुमारी थापा सुनारी मगर ।

कपिलवस्तुको मधौलीमा महिलाले उत्पादन गरेको उन्नत जातका घास बारे जानकारी गराउदै विहानी सामाजिक उद्यमी महिला सहकारी कुमारी थापा सुनारी मगर ।

खेतको आलीमा,  अन्य बाँकी रहेको जमिनमा उन्नत जातको घाँस लगाएर हरियाली सँगै आयआर्जन हुुुँदा जलवायु परिवर्तनलाई पनि सकारात्मक प्रभाव पारेको उनको अनुभव छ । थोरै जमिनमा एक पटक उत्पादन गरेको घाँस  बेच्दा ७ हजार रुपियाँ आम्दानी हुन्छ ।

उनले जस्तै घाँसको व्यावसायिक उत्पादन गर्दै आएकी छन् मेघौली कै तुल्शा थापाले  ।  घाँस रोपेर विक्री गरी उनले पनि राम्रो आम्दानी गर्दै आएकी छन् ।  नयाँ नयाँ उन्नत जातका पोषिलो घाँस खुवाउँदा घरकै वाख्रा र गाईवस्तुलाई पनि  फाइदा भएको उनी बताउँछिन् ।

रोजगारीका लागि विदेश धाउने युवालाई इंगित गर्दै उनले भनिन् , ‘युवाहरू पैसाकै लागि विदेश धाएका छन्, विदेशको चर्को घाममा पसिना बगाएका छन्, त्यो अथक श्रम नेपालमै लगाएमा पैसाको खानी नेपालमै र आफ्नै हातमा छ ।’ आफ्नो देशमा काम गर्न लाज मान्नु नहुने उनको सुझाव छ ।  युवाहरूले आफ्नो गाउँ,समाज र  देश आफैँ बनाउने अभियानमा लागेर आत्मनिर्भर बन्नपर्ने उनी बताउँछिन् ।

मेघौली कै सुर्य कुमारी थारुले  पनि खेर गैरहेको खाली जमिनमा घाँस उत्पादन गरेर आम्दानी गर्न थालेकी छन्  । मुलुकको आर्थिक सम्वृद्धि यसरी नै सानोतिनो व्यवसायबाट हुने उनी बताउँछिन् ।  विदेशमा गएर  अर्काका लागि दुःख गर्नुभन्दा आफ्नै देशमा श्रम गरेर देश विकासमा सघाउन यूवालाई उनको आग्रह छ ।

वाणगंगा नगरपालिका कपिलवस्तुको कोपवा गाउँमा २०७१ सालमा स्थापना भएको विहानी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा सदस्य भएपछि महिला व्यायवसायिक भएर आर्थिक रुपमा आत्मनिर्भर भएका हुन् ।

सहकारीका अध्यक्ष कुमारी थापा सुनारी मगरले  कोपवाका ९ सय ९५ महिला संगठित भई  उद्यमी महिला सहकारी दर्ता गरेको बताइन् । यसपछि स्थानिय महिला आत्मनिर्भर बन्दै गएको, गाउँ हरियाली भएको छ र महिलामाथि हुने हिंसामा समेत कमी भएको उनको ठहर छ ।
वाणगंगा नगरपालिकाको वडा ११ र १२ मामात्रै ४२ वटा महिला समूह छन् । यी सवैले आफ्नो खाली जमिनमा उन्नत जातका घाँस लगाउने, वाख्रा, गाईवस्तु पाल्ने , वढी भएको घाँस बेचेर आयआर्जन  गरिरहेका छन् । महिलालाई उद्यमी बनाइ  आत्मनिर्भर बनाउन सहकारी दर्ता गरेको अध्यक्ष मगर बताउँछिन् । समूहका सवै महिलाले सहकारीको संस्थागत विकासका लागि  घाँस  उत्पादनको २० प्रतिशत रकम सहकारीमा समेत जम्मा गर्ने गरेको जानकारी उनले दिइन् ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: