रेबिजको उपचार नपाउँदा गर्भवतीको मृत्यु


प्रकाशित मिति :2016-07-03 15:09:19

प्रकाश सिंह
बाजुरा । भूस्याहा कुकुरले टोकेर रेबिज लागेकी बाजुरा जिल्ला बाधु गाविसकी  एक गर्भवती महिलाको मृत्यु भएको छ ।  रेविजको उपचार नपाएर बाधुकी २३ वर्षीया माया आउजीको मृत्यु भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. बिकल लामछिानेले वताउनुभयो  । पाँच महिनाकी गर्भवती माया आउजीलाई गाँउकै भुस्याहा कुकुरले टोकेको थियो ।

कुकुरले टोकेको केहीदिनपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो । त्यहाँ रेबिजविरुद्ध लगाउने खोप र अन्य उपचार नभएपछि जिल्ला अस्पताल बाजुरामा रिफर गरेको प्राथमिक स्वास्थ्य केन्द्रका डा. लामिछानेले वताउनुभयो । उहाँले भन्नुभयो ‘डेढ महिनाअघि  उनी उपचारका लागि आएकी थिइन्, हामीले जिल्ला अस्पतालमा जान सुझाव दिएका थियौं ।’ तर, जिल्ला अस्पताल बाजुरामा पनि खोप र उपचार सम्भव नभएपछि आर्थिक अभावले उपचारकालागि अन्य अस्पतालमा लैजान नसक्दा उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् ।

 अहिले कोल्टि प्राथमिक स्वास्थ्य केन्दमा रेविजविरुद्धको खोप र औषधि आएको छ, उनी आउँदा  खोप र औषधिको अभाव रहेको  केन्द्रका प्रमुख लामिछानेले वताउनुभयो । ‘त्यतिखेर भएको भए उनलाई बचाउँन सकिने थियो’ उहाँले भन्नुभयो ।

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनायतामात्र कुकुर टोकेका २५ जना भन्दा बढी उपचारका लागि आएका छन् । एक महिनाअघि पनि कुकुरले टोकेकी एकजना महिलालाई रेबिज देखिएपछि काठमाडौं रिफर गरेको केन्द्रले जनाएको छ ।   छाडा कुकुर र स्यालले मानिस र चौपायालाई टोकेर गाँउमै आतंक फैलाएको गोत्री स्वास्थ्य चौकीका ईन्चार्ज जितेन्द्र यादवले वताउनुभयाे ।

बाजुराको उत्तरी क्षेत्रका  अधिकांश गाविसमा कुकुरले टोकेर स्वास्थ्य चौकीमा उपचार गर्न आउनेको संख्या निकै भएको स्वास्थ्यकर्मी वताउँछन्   ।  गाँउमा भुस्याहा कुकुर र स्यालले मानिस र चौपायालाई टोक्ने समस्या भएको, तर नियन्त्रणका लागि कतैबाट पहल नभएको स्थानिय डबल विक वताउनुहुन्छ  ।

 माया आउजीको परिवार आफूले उब्जाएको बालीले ३ महिना पनि खान नपुग्ने गरिव परिवारमा पर्छन् । गरिवका लागि  सरकारले निःशुल्क स्वास्थ्य सेवा घोषणा गरेको छ । तर जिल्लामा भने गरिवले उपचार नपाएर अकालमै मर्ने गरेका छन् । सरकारको यो घोषण कागजमामात्र सिमित भएको नागरिक समाजका शेर बहादुर शाही बताउनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: