पैसा कमाउन भारत हिँडेका बालबालिकाको उद्धार


प्रकाशित मिति :2016-07-03 15:36:04

महिला खबर
धनगढी । पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकीबाट पाँच छात्रा र दुई छात्रको  उद्धार गरिएको छ । विद्यालय जान भनी असार १६ गते घरबाट हिँडेका ती बालबालिका सम्पर्कमा नआएपछि अविभावकले दिएको निवेदनका आधारमा गरिएको खोजतलासका क्रममा भारत जान लागेको अवस्थामा कञ्चनपुर प्रहरीको सहयोगमा शुक्रबार उद्धार गरिए इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। बालबालिकालाई उनीहरूका अविभावकको जिम्मा लगाइ सकिएको छ । प्रहरीका अनुसार  टीकापुरको कर्णाली माविमा  आठ कक्षामा अध्ययन गर्ने चार छात्रा र दुई छात्र तथा खड्क स्मृति उमाविका आठ कक्षा कै छात्रालाई सीमा नाकाबाट उद्धार गरिएको हो ।

पैसा कमाउन भारत जान लागेका उनीहरूलाई भाडाका लागि कानमा लगाएको सुनको गहना बेच्न लागेको अवस्थामा गड्डाचौकीमा फेला पारिएको प्रहरीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: