झुक्याएर सम्वन्ध विच्छेद गराइएकी महिलालाई घरवाट निस्कन दवाव


प्रकाशित मिति :2016-07-04 10:32:45

इन्दिरा खनाल
vlcsnap-2016-06-18-18h12m05s196-2वुटवल । झुक्याएर सम्वन्ध विच्छेदको कागजमा हस्ताक्षर गराइएकी रुपन्देही मंगलापुरकी विद्या गौतमलाई समाज र स्थानीयबासीको लगातार दबावपछि अन्ततः अंश दिन बिद्याका श्रीमान अर्जुन गौतम तयार भएका छन् ।

समाज र प्रहरीका जिल्ला अदालत रुपन्देहीमा १५ दिनभित्र अंश दिने सम्झौता गरेका उनीहरूले १३ दिन वितिसक्दा पनि अंश दिने छाँटकाट देखाएका छैनन् । अंश दिनेभनेपछि घरमै वसेकी विद्यालाई श्रीमान अर्जुन र घर परिवारले अंश दिने लिखित सम्झौताको अवधि सकिन लाग्दा घरबाट जान दवाव दिएको उनले बताएकी छन्  । अंश दिनुको साटो घर खाली गर्न दवाव दिएको विद्याले बताईन् । ‘पहिला घर खाली गर, हामी चावी लगाउँछौं । त्यसपछिमात्र लालपूर्जा दिन्छौं भनेका छन्’–विद्याले भनिन् ।

गत माघमा उनका श्रीमान अर्जुन गौतमले घुम्न जाने वहाना बनाई नेपालगञ्ज पुर्‍याएर डर–धम्कीको  भरमा विद्यालाई सम्वन्ध विच्छेदको कागजमा हस्ताक्षर गराएका थिए । त्यसको केही दिनपछि आफू वैदेशिक रोजगारमा जाने भन्दै विद्यालाई वुटवलमा कोठा खोजेर राखेका थिए । अन्न लिन रुपन्देहीको मंगलापुरस्थित् घर जाँदा ससुराले छोरासँग सम्वन्ध विच्छेद भएको  भनेपछि मात्रै उनले घटनाको वास्तविकता थाहा पाएकी थिइन् ।

‘व्यापार व्यवसाय गर्न हो । हस्ताक्षर नगरे राम्रो हुन्न, भनेर धम्काउनुभयो । पढ्न पनि नपाई हस्ताक्षर गरें । त्यो सम्वन्ध विच्छेद हो भन्ने मलाई थाहा भएन’– विद्याले भनिन् । बिद्याका अनुसार पसलको लागि घरबेटीसँग घरभाडामा लिने सम्झौता पत्र भन्दै अर्जुनले विद्यालाई हस्ताक्षर गर्न लगाएका थिए ।

अर्जुनले भने अदालतमै गएर विद्यासँग सम्वन्ध विच्छेद गराएको दावी गर्दै आएका छन् । बाँके जिल्ला अदालतमा दुवैजनाबीच भएको सम्वन्ध विच्छेदको कागज छ । विद्याले आफूलाई वुटवलबाट घुम्न जाने वहानामा नेपालगञ्जमा पुर्‍याएर डर धम्कीको भरमा जर्वजस्ती हस्ताक्षर गराएको बताउँदै आएकी छिन् । आफू अदालत नगएको र श्रिमानले होटलकै कोठामा कागज ल्याएर हस्ताक्षर गराएको  बिद्याले बताउँदै आएकी छन् ।

आफूलाई झुक्काएर सम्वन्ध विच्छेद गराएको भन्दै तीन महिनादेखि विद्याले प्रहरी–प्रशासन र समाज गुहारेकी थिइन् । स्थानीय महिला समूहको दवावपछि अर्जुनको परिवारले विद्यालाई १३ दिन अघि इलाका प्रहरी कार्यालय वुटवलको रोहवरमा २ कट्ठा ६ धुर अंश दिन मञ्जुरी जनाएको थियो । स्थानियवासीको लामो प्रयासपछि इलाका प्रहरी कार्यालय बुटवलको रोहवरमा अर्जुनका नाममा रहेको जग्गा मध्ये २ कट्ठा ६ धुर जग्गा विद्याको नाममा गरिदिने सहमति भएको छ । शान्ति सुरक्षाका लागि दुवै पक्षलाई एकै ठाउमा राखी छलफल गर्दा दुवैपक्ष सहमत भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्का बताउँछन् ।

पन्ध्र दिनभित्र अंश दिने सहमति गरेपनि अहिलेसम्म आफूले नपाएको र पहिला घरबाट निस्कन बारम्वार धम्की दिइएको विद्या बताउँछिन् ।

यस विषयमा प्रतिक्रिया लिनकोलागि अर्जुन गौतमसँग सम्पर्क गर्दा सञ्चारमाध्यमले एकपक्षीय रुपमा समाचार लेखेको भन्दै आफ्नो कुनै प्रतिक्रिया नभएको धम्कीपूर्ण उत्तर दिए ।

थप समाचार..

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: