पार्वती पाण्डे
कपिलवस्तु । लैंगिक हिंसाको अवस्था वुझ्न अधिकारकर्मी महिला आईतवार जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुगे । उनीहरूले गत जेठ ३० गते राति जबरजस्ती सामूहिक बलात्कारबाट गम्भीर रुपमा अस्वस्थ बनेकी शिवराज नगरपालिकाकी ३५ वर्षीया थारु समूदायकी बोल्न नसक्ने महिलामाथि भएको घटना र गत असार १ गते राती भृकुटी नगरपालिका ५ इमिलिया बस्ने ६१ वर्षीय ओम बहादुर कुवंरको रहस्यमय तरिकाले भएको हत्याको वारेमा प्रहरी नायव निरिक्षक प्रल्हाद अधिकारी समक्ष वुझेका थिए ।
महिला अधिकारकर्मीले दुवै घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेका थिए । जिल्लामा हुने लैंगिक हिंसाका पीडकहरूलाई कानुनी कठ्घरामा उभ्याउने र पीडितलाई न्यायको अनुभूति गराउने काम राज्यको भएकाले प्रहरी प्रशासन यसतर्फ गम्भिर हुनुपर्ने उनीहरूको भनाई थियो ।
हिंसामा परेर न्याय खोज्दै प्रहरीमा पुग्ने जोकोही नागरिकलाई प्रहरीले मुस्कानसहितको सेवा प्रदान गर्नु पर्ने कर्तव्यबाट चुक्न नहुनेमा उनीहरूले जोड दिए ।
यस अवसरमा प्रहरी नायव निरिक्षक यादवले लैंगिक हिंसाका घटनालाई प्रहरीले गम्भिर रुपले हेर्ने , पीडितलाई न्याय दिने र पीडकलाई कडा कारवाही गर्ने वचन दिनुभएको थियो ।
Comment Here!