छुवाछुत,विभेद र हिंसाविरुद्ध महिलाले सुरु गरे मेची महाकाली पदयात्रा
लक्ष्मी गौतम

फिदिम आइपुगेका पदयात्री महिलालाई सम्मान पछि विदाई गर्दै पाँचथरवासी।
तस्वीर : लक्ष्मी गौतम
पाँचथर । सुदूरपुर्वको ताप्लेजुङ जिल्लावाट चारजना महिलाले नेपाल शान्ति पदयात्रा शुरु गरेका छन् । महिला हिंसा, जातिय छुवाछुत तथा सामाजिक विभेदविरुद्ध सचेतना जगाउन यात्रा सुरु गरिएको अभियन्ताहरूले बताएका छन् । हिमाल पहाड र तराइमा हालै देखिएको असहज स्थितिलाई सहजिकरण गर्न र सामाजिक सद्भावको सन्देश दिन यो अभियान शुरु गरिएकोे आयोजक जनजागरण प्रतिष्ठान नेपालकी अध्यक्ष तथा पदयात्री रेनुका खतिवडाले जानकारी दिनुभयो ।
असार ११ गते ताप्लेजुङवाट शुरु भएको अभियानका अभियन्ता १८ गते पाँचथरको फिदिम हुँदै इलामतर्फ प्रस्थान गरेका छन् । उनीहरूलाई पाँचथर सदरमुकाम फिदिममा सहायक प्रमूख जिल्ला अधिकारी केशवप्रसाद रिजालसहित विभिन्न संस्थाले स्वागत र विदाई गरेका थिए ।
पदयात्रीहरूको बिदाई गर्दै सहायक प्रमूख जिला अधिकारी रिजालले यात्रा सफलताको कामना सहित धन्यवाद दिनुभएको थियो ।
पदयात्रामा रेनुका खतिवडा, रेविका कार्की, सीमा गुरुङ र गीताकुमारी चौधरी सहभागी छन ।
पदयात्राका क्रममा विभिन्न जिल्लाका सदरमुकाममा सरोकारवालासँग महिलाले विश्वमा गरेका सफल कामको उदाहरण दिँदै नेपालका महिलाले पनि अवसर पाए गर्न सक्छन भन्ने सन्देश दिने खतिवडाले वताउनुभयो ।
नेपालमा धेरै महिला घर गृहस्थमा व्यस्त रहनुका साथै हिंसा र पीडा लुकाउन वाध्य भएकाले यस्ता महिलालाई बाहिर निस्कन सन्देश दिने पनि उनको भनाई छ । अभियान तीनवर्ष भित्र पुरा गर्ने लक्ष्य रहेको उनीहरूले वताएका छन् ।
Comment Here!