एचआईभी प्रभावित बालबालिकालाई सहयोग


प्रकाशित मिति :2016-07-04 13:15:34

महिला खबर
सिन्धुपाल्चोक। जिल्लाभरका संक्रमित एचआईभी तथा प्रभावित बालबालिकालार्ई मिर्मिरे समूहले शैक्षिक सामग्री वितरण गरेको छ। समूहले जिल्लाको ठूलोसिरुवारी, भीमटार, भोटसीपा, ईचोक, दुवाचौर र किउलका प्रभावित बालबालिकालाई सहयोग गरेको हो।

एचआईभी संक्रमित, प्रभावित तथा अनाथ असहाय बालबालिकालाई शिक्षा तथा औषधी उपचारवाट वञ्चित हुनवाट रोक्न सहयोग गरेको समूहले जनाएको छ। ‘समाजमा अझैपनि संक्रमित तथा प्रभावितलाई उपेक्षा गर्ने गरेको पाईन्छ, समूहका अध्यक्ष किपक तामाङले भने,  हाम्रो समुदायका प्रभावित बालबालिकालाई सहयोग गर्ने जिम्मेवारी छ र सहयोगको अपेक्षा सवैमा छ।’

समूहले सदरमुकाम चौतारामा संक्रमितलाई राख्न सामुदायिक हेरचार केन्द्र समेत स्थापना गरेको छ। परिवार तथा समुदायमा पुनस्थापना तथा हेलमेल नहुन्जेल हेरचार केन्द्रमा राख्ने र औषधी उपचार समेत गर्ने गरेको समूहकी उपाध्यक्ष असारी खातीले जानकारी दिईन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: