महिलाको कला तथा सीप प्रर्दशनी (फोटो फिचर)


प्रकाशित मिति :2016-07-04 17:07:52

महिला खबर
ललितपुर । शसक्तिकरणमा महिला ललितकर्मीका बहुआयामिक सृजना विषयक कला कार्यशाला र प्रदर्शनी शुरु भएको छ । सोमबार र मंगलबार हुने उक्त प्रर्दशनीमा २९ जना महिला सहभागी  छन् ।

Fffff (2)

कार्यक्रममा एकै परिवारका चारजना महिला सहभागी छन् । ७२ वर्षीया सुदक्षिणा राजोपाध्याय पनि कार्यशालामा सहभागी छन् । उनी भन्छिन् ‘पढेरमात्र हुँदैन भनेर छ जना छोराछोरीलाई मैले यस्तै कला पढाएँ र अहिले सबैले आफ्नो जिविका यसैबाट सजिलै चलाईरहेका छन् ।’

२६ वर्षअघि श्रीमानको मृत्युपछि छोराछोरी पढाउन माईतीले सहयोग गरेपनि खानेलाउने खर्च जुटाउन टोपी, मोजा बुनेर बेचेको भन्दै उनले छोराछोरीलाई पनि सीपमुलक पढाईमा लगाएको उनले बताईन् ।

art33

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा नेवा: महिला लोक कलाकार समूह ललितपुरको आयोजनामा पाटन कला संग्राहलय, मंगलबजारमा भईरहेको कार्यक्रमको प्रमुख अतिथि ललितकला प्रज्ञा प्रतिष्ठानकी उपकुलपति शारदा चित्रकारले चित्र बनाएर उद्घाटन गरेकी थिइन् । चित्रकारले भनिन् ‘महिलाको हातमा सीप भएपनि घरमा सिमित रहेकोले उनीहरूको कलालाई वाहिर ल्याइ व्यावसायिक बनाउन यस्ता कार्यक्रम हुन जरुरी छ ।’

Art1

Art132

CCc

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: