महिला खबर
काठमाडौँ । जिल्ला विकास समिति काठमाडौको सहयोगमा ओजस्वी नेपालद्वारा काठमाडौंका १५ जना आदिवासी जनजाति महिलालाई आर्थिक सशक्तिकरणका लागि दिइएको ४५ दिने मोटर ड्राइभिङ्ग तालिम सकिएको छ ।
समापन कार्यक्रममा बोल्दै तालिममा सहभागी कागेश्वरी मनहरा नगरपालिका भद्रवासकी २९ वर्षीया विधुरा राईले आयआर्जनका लागि एउटामात्र तालिम लिएर नपुग्ने भन्दै सशक्तिकरणको लागि तालिमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘म काठमाडौंमा जन्मिएपनि गाउँमा गएर गाडी चलाउन मन छ ।’
महिला आर्थिक रुपमै सम्पन्न र आत्मनिर्भर बन्न सीप नै चाहिने भएकाले आफ्नो सांसद विकास कोषबाट महिलाको सशक्तिकरणका लागि खर्च गर्दै आएको काठमाडौं क्षेत्र नम्बर ३ का सांसद रामेश्वर फुयाँलले बताउनुभयो । उहाँले भन्नुभयो ‘आर्थिक, सामाजिक रुपमा अगाडी बढ्दै अब स्थानीय निर्वाचनमा महिला नेतृत्वमा आउनुपर्छ ।’
कार्यक्रममा स्थानीय विकास अधिकारी गोपाल कुमारी अधिकारीले महिलाले आयोजना गरेका कार्यक्रममा पुरुषको सहभागिता बढाउनुपर्ने बताउनुभयो । उहाँले सूचना, अवसर र पहुँचका कारण समयमा कुनै पनि योजना थाहा नपाउने र काम गर्ने शैली पनि फरक भएका कारण पनि समाजमा महिला पछाडी पारिएको बताउनुभयो ।
Comment Here!