जवरजस्ती करणी मुद्दामा २२ वर्ष कैद


राज्यकोषबाट पीडितलाई क्षतिपुर्ति दिन आदेश

प्रकाशित मिति :2016-07-05 13:58:53

भीम सिजापति
दैलेख। दैलेखमा एक बालिकालाई जवरजस्ती करणी गर्ने व्यक्तिलाई २२ वर्ष कैदको सजाय तोकिएको छ। दैलेख जिल्ला अदालतका न्यायाधिश प्रकाश प्रसाद पण्डितको इजलासले सो सजाय तोकेको हो। अदालतका श्रेस्तेदार गोविन्द आचार्यका अनुसार स्थानीय भैरीकागाउँका एक ३५ वर्षीय पुरुषले आफ्नै १३ वर्षीया छोरीलाई जवरजस्ती करणी गरेको कसूरमा १२ वर्ष र हाडनाताको सजायमा १० वर्ष समेत गरी २२ वर्ष कैद भएको हो।

बालिका गत कात्तिक २३ गते बलात्कारमा परेकी थिइन् ।  बालिका बलात्कारमा परेको पुष्टि अस्पतालले गरेको छ। फैसलामा पीडित बालिकालाई १ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन महिला बालबालिका कार्यालय दैलेखका नाममा आदेश भएको छ।

पीडकबाट क्षतिपुर्ति भराउन सक्ने अवस्था नदेखिएकोले राज्यकोषबाट पीडितलाई क्षतिपुर्ति दिलाउने आदेश भएको श्रेस्तेदार आचार्यल बताउनुभयो ।यसअघि पनि जवरजस्ती करणी मुद्दामा पीडकबाट क्षतिपूर्ति भराउन सक्ने अवस्था नदेखिएकोले जिल्ला अदालतले राज्यकोषबाट पीडितलाई क्षतिपूर्ति दिलाउन आदेश दिएको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: