झमक घिमिरे निष्ठाप्रति समर्पण भएको साहित्यकारः प्रधानमन्त्री


सरकारले घिमिरेको उपचारका लागि पाँच लाख रुपैयाँ दिने

प्रकाशित मिति :2016-07-05 17:12:31

महिला खबर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमक घिमिरे निर्भीक व्यक्तित्वका रुपमा स्थापित भएको बताउनुभएको छ ।
kp22
साहित्यकार झमक घिमिरेको ३५ औँ जन्मोत्सवका अवसरमा आज झमक घिमिरे साहित्यकला प्रतिष्ठान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो साहित्यकार घिमिरेले स्वतन्त्र ढङ्गले सत्यलाई बाहिर ल्याउने काम गर्नुभएको छ, जे देख्नु र भोग्नुभएको छ लेख्नुभएको छ।

साहित्यकार घिमिरेका कृति यथार्थ साहित्यको धरातलबाट आएको  भन्दै उहाँले भन्नुभयो  कृतिमा कसैलाई पछ्याएर लेखिएको छैन, भ्रममा परेर लेखिएको छैन, बहकिएको छैन, अनुभव गरेको र देखेको कुरा निष्ठापूर्वक लेखिएको छ ।  उहाँका कृति मानवजाति, सत्य र निष्ठाप्रतिको समर्पण भएको उहाँको भनाइ थियो ।

जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँले उहाँको स्वास्थ्योपचारका लागि नेपालको चिकित्सा क्षेत्रलाई सहयोग गर्न आग्रह गर्दै आवश्यक आर्थिक सहयोग सरकारले दिनेछ भन्नुभयो ।

सरकारले साहित्यकार घिमिरेलाई  पाँच लाख रुपैयाँ उपचार खर्च दिने निर्णय समेत यसअघि गरिसकेको छ । साथै धनकुटा निवासी उहाँलाई स्वास्थ्योपचारका लागि आउँदा जाँदा हुने कठिनाइलाई मध्येनजर गर्दै घर बनाउनका लागि काठमाडौंमा जग्गा समेत उपलब्ध गराइसकेको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साहित्यकार घिमिरेको १३ औँ कृतिका रुपमा ‘प्रेमिल आकाश’ ९कवितासङ्ग्रह०, ‘जीवन फूल कि काँडा’ ९हिन्दी संस्करण० र सोही कृतिको चलचित्र अडियो क्यासेटको समेत सार्वजनिक गर्नुभएको थियो ।

साहित्यकार घिमिरेको जीवनमा आधारित भएर चलचित्र निर्माण हुन लागेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: