संस्थापिच्छे फरक तथ्याङ्कः कसको विश्वास गर्ने ?


प्रकाशित मिति :2016-07-06 10:43:42

 यमुना खनाल
लहान ।  सिरहामा महिला हिंसाका घटना बढेपनि यसको न्युनिकरणका लागि महिला अधिकारका लागि काम गर्ने  गैरसरकारी संघसंस्था र सरकारी निकायबीच  समन्वय हुन नसकेको सरोकारवाला  बताउँछन् ।

सिरहामा महिला अधिकारका लागि कुन कुन  संघसंस्थाले  काम गरिरहेका छन् यसको  तथ्याङ्क सरकारी निकायसँग छैन । सिरहामा रहेका विभिन्न संघ संस्थाले एक्ला एक्लै काम गर्ने भएकाले महिला हिंसाको तथ्याङ्क पनि  संघसंस्था पिच्छे फरक, फरक  रहेको छ । यसले गर्दा महिला हिंसाको अवस्थाको तथ्याङ्क पनि संस्था पिच्छे फरक आउँदा आधिकारिक तथ्याङ्क कसलाई मान्ने दुविधा देखिएको उनीहरूको भनाइ छ ।

ओरेक नेपालले ६ महिनाको अवधिमा सिरहामा महिला हिंसाका ७१ वटा घटना भएको  तथ्याङ्क  सार्वजनिक गर्‍यो । यसैगरी ईन्सेकले ६ महिनामा ४२ वटा र दलित जनकल्याण युवा क्लबले ३९ वटा महिला हिंसाका घटना भएको तथ्य सार्वजनिक गर्‍यो ।  प्रहरीसँग छ महिनामा ८२ वटा महिला हिंसाका घटना भएको तथ्याङ्क छ भने महिला बालबालिका कार्यालयमा तीन महिनामा २५ वटा महिला हिंसाका घटना दर्ता भएका छन् ।

यसरी संस्था पिच्छे नै फरक फरक  तथ्याङ्क आएपछि महिला अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूबीच समन्वय गर्नुपर्ने आवश्यकता देखिएको  महिला विकास अधिकृत दुर्गा भण्डारी बताउनुहुन्छ ।

संघसंस्था र सरकारी निकायबीचको समन्वयमा जोड दिँदै भण्डारीले अबदेखि  महिला तथा बालबालिकामाथिको हिंसाको  मासिक तथ्याङ्क महिला बालबालिका कार्यालयमा पठाउन सबै संघसंस्थालाई आग्रह गर्नुभयो । सबै संघसंस्था र सरकारी निकायको  तथ्यबाट  एकिकृत तथ्याङ्क आएमा त्यसले जिल्लाको महिला हिंसाको अवस्थाको बिश्लेषण गर्न सकिने उहाँको भनाइ छ ।

महिला अधिकारका क्षेत्रमा काम गर्ने कति संस्थाले एउटै क्षेत्रमा काम गरिरहेका छन् ,त्यस्ता संस्थाले समन्वय र सहकार्य गरेर जान सके महिलाको न्यायमा पहुँच बढाउन सकिने भण्डारीले बताउनुभयो ।

दहेज न्युनिकरण अभियानमा हरेक संस्थाले १५ हजारको काम गर्दा प्रभावकारी नहुने भएकाले एउटै काम र अभियानमा काम गर्ने सबै संस्थाको बजेट एकै ठाँउ हालेर संयुक्त रुपमा काम गर्दा प्रभावकारी हुने उहाँ सुझाउनुहुन्छ ।

हिंसामा परेका महिला आफैँले प्रहरीमा गएर उजुरी दिन सक्ने अवस्था अझै पनि नभएको र एउटैमात्र संस्थाको प्रयासले महिलाको न्यायमा पहुँच बढ्न नसक्ने हँुदा साझा प्रयास गर्नुपर्ने विचार महिला अधिकारकर्मी देब कुमारी महराको छ ।

पीडक पक्षले जघन्य अपराधका मुद्दामा समेत  मिलापत्रको लागि राजनीतिक र सामाजिक दबाब दिने गरेका छन् ।  पीडितले मुद्दा फिर्ता लिने, मेलमिलाप गर्ने  जस्ता घटना भएकाले दण्डहिनताको अन्त्य गर्न दबाब दिनका लागि समेत सरकारी तथा गैरसरकारी निकायले समन्वय गरेर जानु पर्ने दलित जनकल्याण युवाक्लब सिरहाका अध्यक्ष बिनोद बिसुन्के जोड दिनुहुन्छ ।

जिल्लाभित्र महिला अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाको तथ्याङ्क संकलन गर्नुपर्ने र त्यसको संजाल निर्माण गरेर मासिक बैठक बस्नु पर्ने समग्र जनउत्थान केन्द्रका अध्यक्ष शुनिल शाहको सुझाव छ । संघ संस्थाबीच समन्वय भए पीडित महिलालाई न्यायमा पहुँच बढाउन सकिनेमा उहाँले जोड दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: