राष्ट्रिय महिला आयोगमा एकजना पदाधिकारी


प्रकाशित मिति :2016-07-06 14:46:46

महिला खबर
काठमाडौं । राष्ट्रिय महिला आयोग एकजना पदाधिकारीबाटमात्रै चलेको छ । साढे तीन महिनादेखि  भगवती घिमिरे कार्यवाहक अध्यक्ष र एक्ली पदाधिकारीका भरमा आयोगमा  चलिरहेको छ ।

आयोगमा ६ जना पदाधिकारी हुने व्यवस्था छ ।  अध्यक्ष  शेष चाँदताराको कार्यकाल सकिएपछि कार्यवाहक अध्यक्ष मनु हुमागाई हुनुभएको थियो । उहाँको कार्यकाल पनि गत चैतमा सकिएको हो ।  सदस्यहरू उर्मिलादेवी विश्वकर्मा, धनेश्वरी कुमारी चौधरीको कार्यावधि  पनि सकिएपछि आयोगमा घिमिरे एक्ली सदस्य हुनुहुन्छ ।

Bhagwati Ghimire

कार्यवाहक अध्यक्ष भगवती घिमिरेले आयोगमा आफूमात्रै भएपनि आयोगको काम कारवाहीमा असर नपरेको दावी गर्नुभयो । उहाँले भन्नुभयो ‘अरु सदस्यहरूको पदावधि सकिनु अगावै धेरै कार्ययोजना सम्पन्न गरिसकेको थियौं, केही काम बाँकी छन्, म एक्लै भएपनि निरन्तर काम गरिरहेका छौँ ।’ नयाँ वर्षको योजना बनाईसकेको र योजना अनुसार बजेट माग भईसकेकोले महिला मन्त्रालयले बजेट छुट्टाएपछि काम तुरुन्त थाल्ने उहाँले जानकारी दिनुभयो ।

संविधानमा राष्ट्रिय महिला आयोग संवैधानिक आयोग हुने व्यवस्था छ । आयोगले नयाँ संविधानले गरेका व्यवस्था अनुसार कानुनको मस्यौदा गत चैत मै मन्त्रालयलाई पठाएको सचिव लेख बहादुर कार्की बताउनुहुन्छ । यो विधयेकलाई संसदको बर्षे अधिवेशनबाटै पारित गर्ने प्रयासमा रहेको महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका प्रवक्ता नारायण प्रसाद काफ्ले बताउँनुभयो ।  यो मस्यौदालाई  अन्तिम रुप दिइ कानुन मन्त्रालयले पठाइसकेको र अबको मन्त्रीपरिषदमा पेश गरेर संसदमा पठाइने  प्रवक्ता काफ्लेले जानकारी दिनुभयो ।
कानुन बनेर आएपछिमात्रै आयोगमा पदाधिकारी नियुक्त हुने भएकाले राष्ट्रिय महिला आयोग लामो समय पदाधिकारीविहिन हुने देखिएको छ । कानुन बनेर आएपनि त्यो कार्यान्वयनमा जान कम्तिमा तीन महिना लाग्छ । एक्लो पदाधिकारी भएपनि काम निरन्तर अगाडीबढिरहेको भन्दै आयोगको अध्यक्षतामा हेल्प लाइन सन्चालन गर्ने तयारी भइरहेको कार्यवाहक अध्यक्ष घिमिरे  बताउनुहुन्छ ।

आयोगले विश्व बैँकले गरेको १३ करोड रुपैयाँको आर्थिक सहयोगमा लैंगिक हिंसा न्यूनिकरणका लागि एकिकृत परियोजना सुरु गर्दैछ ।  यो परियोजना सञ्चालन गर्न   महिला तथा बालबालिका मन्त्रालय, राष्ट्रिय सूचना आयोग र गृह मन्त्रालयका उपसचिव सहितको ११ सदस्यीय स्थायी समिति बनाउनुपर्ने हुन्छ । पदाधिकारी नहुँदा यो परियोजना कार्यान्वयनमा समस्या पर्न सक्ने आयोगका कर्मचारी बताउँछन् । सवै पदाधिकारी हुँदा जस्तो काम गर्न सजिलो नहुने उनीहरूको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: