संसदीय समितिले कपिलवस्तुको बलात्कार घटनाका सम्बन्धमा गृहमन्त्री र प्रहरी प्रमुखसँग जानकारी लिने


प्रकाशित मिति :2016-07-06 16:41:43

महिला खबर

फाईल फोटो

फाईल फोटो

काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले कपिलवस्तुमा सामूहिक  बलात्कारमा परेकी महिलाको घटनाको दोषीका  बारेमा बुझ्न  गृहमन्त्री, शसस्त्र र जनपथ प्रहरीका प्रमुखलाई समितिमा बोलाउने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले आउँदो शुक्रवार गृहमन्त्रीलगायत प्रहरीका प्रमुखहरूलाई बोलाएर घटनाका दोषीको कार्वाही प्रक्रियाका बारेमा जानकारी लिन लागिएको सांसद अष्टलक्ष्मी शाक्यले बताउनुभयो । यसपछि समितिले घटनाको स्थलगत अध्ययन गर्ने छ । शाक्यले भन्नुभयो ‘घटनाका बारेमा सवै जानकारी छ, तर घट्नास्थलमा गइ यस्तो फेरी नदोहोरियोस भनेर चेतना दिन सर्वपक्षीय छलफल आवश्यक भएकाले स्थलगत भ्रमण गर्न लागिएको हो ।’

समितिको बैठकमा सांसदहरूले बलात्कारमा संलग्नहरू सवैजना कुनै हालतमा उम्कन नहुने बताएका छन् । सांसद शाक्यले भन्नुभयो ‘दुईजनालाई देखाएर बाँकी सातजनालाई उम्काउन खोजिएको छ, यो हुनुहुँदैन, सवैलाई  आजीवन कैद हुनुपर्छ ।’ पीडितको शरीरभरी टोकिएका घाउले उनलाई एक वा दुईजनालेमात्र जर्वजस्ती गरेको भन्न नसकिने शाक्यको भनाइ थियो ।

महिलामाथि कुनै गम्भीर अपराधका घट्ना भएमा तुरुन्तै घटनास्थल गएर सार्वजनिक चेतना जगाउने काम राज्य, नागरिक समाज र राजनीतिक दलका भ्रातृ र भगीनी संगठनबाट हुनु अत्यन्त आवश्यक भएपनि त्यो हुन नसकेको उहाँले बताउनु भयो । यस्तो काम  दोषीलाई उम्कन नदिन र घट्ना दोहोरिन नदिन अत्यन्त सहयोगी  हुने उहाँ बताउनुहुन्छ ।

शसस्त्र प्रहरीबाट सामूहिक बलात्कारमा परेकी बोल्न नसक्ने महिला काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा उपचार गराइ अहिले घर फर्केकी छन् ।  बलात्कारको आरोपमा प्रहरीले जवान लोकराज अवस्थीलाईमात्रै नियन्त्रणमा लिइ कारवाही थालेपनि घटनामा अरुपनि संलग्न रहेको सत्यतथ्य पत्ता लगाई सवै दोषीलाई कानुन बमोजिम कारबाही गर्न स्थानीयले पनि माग गर्दै आएका छन् ।   ३५ वर्षीया उनलाई गत जेठ  ३० गते साँझ शसस्त्र प्रहरीमा कार्यरत जवानले बलात्कार गरेका थिए ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले घटनाको सम्बन्धमा अनुसन्धान गरी  संलग्न भनिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरूलाई आवश्यक अनुसन्धान पश्चात कानून बमोजिम तत्काल कारबाही गर्न तथा पीडितको सम्पूर्ण औषधि उपचार निःशुल्क गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: