सर्मिला बुढाथोकी
दोलखा। न्याय हेल्थ नेपालले सदरमुकाम चरिकोटमा सञ्चालन गरेको प्रस्तावित चरिकोट अस्पतालबाट डिस्चार्ज गरेको १० मिनेटमा एक विरामीको मृत्यु भएपछि अस्पतालमा तनाव भएको छ। तीन दिन अघि अस्पताल भर्ना गरिएको दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १० की ४९ वर्षीया धनलक्ष्मी तमाङको बुधवार डिस्चार्ज भएको १० मिनेटमै मृत्यु भएको थियो।
विरामीलाई ठिक नभै अस्पतालले डिस्जार्च गरेको आरोप लगाउँदै आफन्तले अस्ताल सञ्चालकसँग जवाफ मागेपछि तनाव भएको छ। अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ। मृतकका श्रीमान पाल्साङ तमाङले विरामी पूर्ण रुपमा ठिक नभै अस्पतालले डिस्चार्ज गरेर लार्पबाही गरेको आरोप लगाए।
अस्पतालका डाक्टर विनोद दंगालले भने विरामीलाई निमोनिया, दमलगायतको समस्या रहेकोले मृत्यु भएको प्रतिक्रिया दिएका छन्। विरामीका आफन्तले भने मृतकलाई मधुमेह भएपनि दम नभएको जनाएको छ। मृतकका आफन्त नविन लामा अस्पतालले विरामीलाई ठिक भएको भन्दै डिस्चार्ज गरेको केही मिनेटमै मृत्यु भएकोले ठिक नभै विरामी डिर्स्चाज गर्ने अस्पतालले जिम्मेवारी लिनुपर्ने बताउछन्। मृतकको परिवारले क्षतिपूर्ति र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कार्वाही हुनुपर्ने माग गरेका छन्।
Comment Here!