बिक्रेट बनाउँदै बेच्दै


प्रकाशित मिति :2016-07-07 13:58:37

विदुर आचार्य
सिन्धुपाल्चोक । कच्चा पदार्थ घर वरीपरि नै छ । तौथलीकी धनमाया श्रेष्ठलाई  बायोबिक्रेट वनाउने कच्चा पदार्थ खोज्न टाढा जान पर्दैन ।  । घर नजिक रहेको वनमारा, उन्यूलगायत झारपात संकलन गरेर उनले ब्रिकेट बनाउँछिन् ।

IMG_20160625_122724

धनमायालाई बिक्रेट वनाउन घरेलु तथा साना उद्योग विकास समिति लघु उद्यम विकास कार्यक्रमको सहयोगमा  सिन्धु विकास केन्द्रले सिकाएको हो ।  उनले आफ्नो घरका लागि मात्रै होइन बेचेर आयआर्जन गर्नका  लागि पनि बिक्रेट वनाउने गरेको बताइन् ।  ‘घर नजिकै  जतिपनि झाडी छन्, त्यसैवाट गोल वन्छ ।’ उनी भन्छिन्,‘बिक्रेट वनाउने महिलको त आर्थिक अवस्था वलियो वन्छ नै, त्यस बाहेक खाना बनाउन ब्रिकेटको प्रयोगले काममा समेत ग्रामिण भेगका महिलालाई थप राहत मिल्नेछ ।’

IMG_20160625_122745

धनमायासँगै  केन्द्रले अन्य ११ जना महिलालाई ब्रिकेट बनाउने तालिम दिएको हो । अहिले तालिम लिएका सवै महिला व्यावसायिक रुपमै बिक्रेट वनाउने प्रयासमा छन् ।  आफूहरूले तयार पारेको बिक्रेटले पूरै गाँउलाई पुग्ने लालीगुराँस महिला समूहकी सचिव रचिता श्रेष्ठ बताउँछिन् । उनी भन्छिन्, ‘अव छिटै वनमारा, उन्यू जस्ता खेर जाने   वस्तु उपलव्ध गराउन सामुदायिक वन समितीसँग आग्रह गर्छाैँ ।’ झारपातको सदुपयोगवाट वनाईने बिक्रेट वातावरण मैत्री समेत भएको घरेलु तथा साना उद्योग विकास अधिकृत कल्पना शर्माको भनाई छ । सहज, व्यवहारिक र आधुनिक समेत भएको र महिलाकै सक्रियता भएको हुँदा उनीहरूको आर्थिक  शसक्तिकरणमा समेत सहयोग हुने अधिकृत शर्माको तर्क छ । ‘व्यवहारिक र व्यावसायिक योजनासहितको तालिमले सफलता हाँसिल गर्ने रहेछ,’ सिन्धु विकास केन्द्रका वावुकाजी रोक्का भन्छन् । तौथलीका महिलाको सक्रियताले व्यवहारिक काम सहज हुनुका साथै व्यावसायिक बन्न  जागरुक वनाएको उनी बताउँछन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: