महिला खबर
उदयपुर । सुन्दरपुर गाविसलाई लैंगिक हिंसामुक्त गाविस बनाउने अभियान सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले अभियानका सुरुवात गर्दै घरभित्र, घरबाहिर र सार्वजनिक स्थलमा समेत लंैगिक समानता कायम गर्दै गाविसको नाम जस्तै समानतामा पनि सुन्दर बनाउने योजना रहेको जानकारी दिए ।
गाविसभित्र शारिरीक, मानसिक, सामाजिक हिंसा हुन नहुने, संस्थागत विकासलगायतका हिंसा न्युनिकरण सम्बन्धि सेवासहित हिंसामुक्त गाविस बनाउन ३४ बुँदे सूचक बनाइएको छ ।
सूचकमा महिला तथा वालवालिकालाई घरभित्र तथा वाहिर कुनै प्रकारको कुटपिट, अंगभंग हुने जस्ता हिंसा गर्न नहुने, डर, धाक धम्कि, गालीगलौज, मनदुख्ने, तनाव उत्पन्न गर्नेलगायतका कृयाकलाप नहुने, बोक्सीको आरोपको कारणले कोहीपनि अपहेलित तथा दण्डनीय नहुने, विद्यालय, कार्यक्षेत्र अथवा सार्वजनिक स्थलमा हुने लैंगिक हिंसामा उल्लेखनीय कमि हुनेलगायत ३४ बुँदे सूचकसहित गाविसमा लैंगिक हिंसा न्युनिकरण गर्ने अभियान थालिएको हो ।
अभियानस्वरुपमा गाविसमा ९ वटा वडामा निगरानी समूह गठन भईसकेको छ । उक्त गाविसलाई खुल्ला दिसा मुक्त, पुर्ण खोपयुक्त गाविस समेत घोषणा गरिसकिएको छ । पुर्ण साक्षरता घोषणाको अन्तिम चारणमा रहेको गाविस सचिव सत्यनारायण हुजदारले बताउनुभयो ।
करिव ६ हजार जनसंख्या रहेको सो गाविसमा थारु समुदायको बाहुल्यता रहेको मुश्लिम, आदिवासी /जनजाती, दलित, क्षेत्री, ब्राहमणको बसोबास छ । सो गाविसलाई लैंगिक हिंसा मुक्त बनाउन गाविसका वडा नागरिक मञ्च, नागरिक सचेतना केन्द्र, साुमदायिक बन, आमा समूह, युवा समूह, बाल समूह, विभिन्न गैरसरकारी संस्थालगायत अन्य सन्जाल सक्रिय रुपमा लागेका छन् ।
Comment Here!