पार्वती पाण्डे
कपिलवस्तु । शान्ति र प्रजातन्त्र विषयक राष्ट्व्यापी माध्यामिक विद्यालय निबन्ध प्रतियोगिता २०७३ मा कपिलबस्तुकी सम्वृद्धि भण्डारी तेस्रो भएकी छन् । विहीबार प्रकाशित नतिजा अनुसार जनता उच्च मावि बाणंगंगा पिपरा कपिलबस्तुकी छात्रा भण्डारी भएकी हुन् ।
राष्ट्र सामु आफ्नो प्रतिभा देखाउन पाउँदा आफूलाई निकै खुशी लागेको उनले बताइन् । यो सफलता पाउनुमा विद्यालय तथा घर परिवारको सहयोग रहेकाले आफूले सफलता पाएको उनको भनाइ थियो ।
सम्वृद्धि सानैदेखि लगनशील मेहनती विद्यार्थी रहेको विद्यालयका शिक्षक उज्वल अधिकारीले बताए । उनी विद्यालयमा हुने निबन्ध प्रतियोगितालगायत अन्य अतिरिक्त क्रियाकलापमा पनि सफल हुने गरेको शिक्षक अधिकारीको भनाई छ ।
बृहत शान्ति सम्झौता सम्पन्न भएको १० वर्ष पुरा भएको अवसरमा राष्ट्रव्यापी निबन्ध प्रतियोगिता आयोजना गरिएको हो । निबन्ध लेखन प्रतियोगिता गत वैैशाख १७ जेष्ठ १५ गतेसम्म संचालन भएको थियो । विजेता सबै विद्यार्थीलाई मंसिरमा काठमाडौंमा आयोजना गरिने राष्ट्रिय सम्मेलनमा पुरस्कृत गरिने जनाईएको छ ।
Comment Here!