दोषीलाई उन्मुक्ति दिदैनौंः गृहमन्त्री


समितिले स्थलगत अनुगमन गर्ने

प्रकाशित मिति :2016-07-08 12:14:45

महिला खबर
काठमाडौं । व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले कपिलवस्तुमा भएको बलात्कारको घट्नाका सम्बन्धमा आज गृहमन्त्री, शसस्त्र र जनपद प्रहरीका प्रमुखसँग समितिमा बोलाइ जानकारी लिएको छ । समितिको आज विहान बसेको बैठकमा गृहमन्त्री शक्ति वहादुर बस्नेतले बोल्न नसक्ने महिलामाथि बलात्कार गर्ने कसैलाई पनि उन्मुक्ति नदिने बताउनुभयो  । उहाँले दोषीहरूका बारेमा अनुसन्धान भइरहेका भन्दै बलात्कारमा संलग्न सबैलाई कार्वाहीको दायरामा ल्याउने वचन दिनुभयो । ‘हामी पनि यो घट्नामा संलग्न सवैलाई कार्वाही हुनुपर्ने कुरामा गम्भीर छौं’ गृहमन्त्री बस्नेतले भन्नुभयो ।

दुर्ज कुमार राई

बैठकमा शसस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राईले घट्ना हुने वित्तिकै घट्नास्थलमा भेटिएका प्रमाणका आधारमा दुईजनालाई निलम्बन गरी कार्वाहीका लागि मुद्दा परिसकेको जानकारी दिनुभयो । जनताको सुरक्षामा खटिएका सुरक्षाकर्मीबाटै यस्ता जघन्य अपराध किन भइरहेछ भन्ने सांसदको जवाफमा राईले भन्नुभयो ‘संगठनभित्र कडा अनुशासन पालना गर्नुपर्ने हुँदाहुँदै उनीहरू पनि यही समाजको उपज भएकाले केहीमा अझैपनि यस्तो प्रबृत्ति छ ।’  आफूहरूले अनुशासनमा कडाइ गरेको उहाँको भनाइ थियो ।

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले घट्नामा संलग्न भएका दुईजनाको प्रमाणका आधारमा

उमेन्द्र कान्त अर्याल

कार्वाही प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । अन्य छ जना घटनामा संलग्न भएको भन्ने  सोधपुछ र अनुसन्धानका क्रममा पुष्टि नभएकाले छोडिएको उहाँको भनाइ थियो । तर उनीहरूमाथिको अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

प्रहरीले शसस्त्र प्रहरीका जवान लोकराज अवस्थी र राजु थारुविरुद्ध कार्वाही प्रक्रिया अघि बढाएको छ। समितिको बैठकमा सांसदहरूले बलात्कारमा संलग्नहरू सवैजना कुनै हालतमा उम्कन नहुने बताएका थिए । उनीहरूले बलात्कारमा संलग्न सवैलाई  आजीवन कैद हुनुपर्नेमा जोड दिएका थिए ।

सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकले यो घट्नाको स्थलगत अनुगमन गर्न उपसमिति बनाउने निर्णय गरेको छ । अनुगमनमा जाने कार्यदलमा सवै दलको प्रतिनिधिको नाम आउने क्रम जारी रहेको कार्यदल बनेपछि छिट्टै घटनास्थल जाने जानकारी सांसद टुकाभद्रा हमालले दिनुभयो ।

शसस्त्र प्रहरीमा कार्यरत जवानबाट सामूहिक बलात्कारमा परेकी बोल्न नसक्ने महिला काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा उपचार गराइ अहिले घर फर्केकी छन् ।  ३५ वर्षीया उनलाई गत जेठ  ३० गते साँझ शसस्त्र प्रहरीमा कार्यरत जवानले बलात्कार गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: