बेलायतमा महिला प्रधानमन्त्री हुने निश्चत


प्रकाशित मिति :2016-07-08 17:02:28

महिला खबर
एजेन्सी ।  बेलायतमा अवको प्रधानमन्त्री महिला हुने निश्चित भएको छ ।   पार्टी नेतृत्वका लागि  भएको मतदानको पहिलो र दोस्रो चरणमा  कन्जरभेटिभ पार्टीकी नेता  टेरिसा मेले सबै भन्दा धेरै मत  ल्याएपछि बेलायतको अवको प्रधानमन्त्री महिला हुने निश्चित भएको द गार्जियनले जनाएको छ ।

theresa may
कन्जरभेटिभ पार्टीकै अर्की नेता एनड्रिया लिडसमले भने दोस्रो स्थान लिएकी छन्  । टेरिसा मे बेलायती इतिहासमा दोस्रो  महिला प्रधानमन्त्री   हुनेछन् । पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर थिइन, उनी बेलायतकोमात्रै नभइ यूरोपकै प्रथम महिला प्रधानमन्त्री थिइन्।

प्रधानमन्त्री डेभिड क्यामरुनले जुन २३ मा बेलायत यरोपीयन युनियनबाट बाहिरिने वा रहिरहने निर्धारण गर्न गरेको जनमतसंग्रहको परिणामपछि राजीनामा घोषणा गरेका थिए ।  उनको राजीनामापछि उक्त पदका लागि राजनीतिक संघर्ष भइरहेको छ।

टेरेसा मे २०१० देखि  गृहसचिव रहँदै आएकी छन् ।   उनीपनि बेलायत ईयुमै हुनपर्छ भन्ने पक्षमा रहँदै आएकी थिइन, तर उनले जनताले चाहे अनुरुपकै सहमति गर्ने बाचा गरेकी छन् ।

जुलाई ५ मा भएको पहिलो चरणको मतदानमा मे ले १६५, लिडसमले ६६, माईकल गोभले ४८, स्टेपहेन क्रेबले ३४ र लायम फक्सले १६ मत ल्याएका थिए, भने जुलाई ७ मा भएको दोस्रो चरणको मतदानमा मे ले १९९, लिडसमले ८४ र माईकल गोभले ४६ मत ल्याएका थिए। अब छानिएका २ जना महिला  मे र लिडसमलाई पार्टीका सम्पूर्ण सदस्यले दलको नेतृत्वका लागि मतदान गर्नेछन् ।  विजेता भने सेप्टेम्बर ९ मा घोषणा गरिने  छ । तर बेलायतमा नयाँ प्रधानमन्त्रीको घोषणा छिटो गर्न आव्हान भइरहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: