नयाँ शक्ति नेपालले महिलामाथि हुने हिंसाविरुद्धको कानुनी सहायता कक्ष संचालन गर्ने
महिला खबर
काठमाडाैं । नयाँ शक्ति नेपालको प्रदेश नम्बर तीनको महिला भेलाले महिला तथा वालवालिकामाथि हुने हिंसाविरुद्ध सहायता उपलव्ध गराउन कानुनी कक्ष संचालन गर्ने निर्णय गरेको छ । सहायता कक्षले महिला तथा वालवालिकामाथि हिंसाविरुद्ध अवलम्वन गरेको शुन्य शहनशिलताको नीतिलाई दृढतापुर्वक कार्यान्वयन गर्ने संयोजक कल्पना धमलाले जानकारी दिनुभयो ।
‘राजनैतिक उपलव्धिलाई संस्थागत गर्न महिला सक्षम हुन जरुरी छ । महिला सक्षम हुन आर्थिक सम्वृद्धि जरुरी छ । हिंसामुक्त समाज विना आर्थिक विकास हुन सक्दैन भन्ने निष्कर्ष सहित हिंसामा परेका पीडित पक्ष महिला पुरुष जो सुकै भएपनि हिंसाविरुद्धका मुद्दामा प्रतिरक्षा गर्ने निर्णय गरेको व्यहोरा जानकारी गराउछौ’ धमलाले भन्नुभयो । सवैको सहयोगले महिला तथा वालवालिकाविरुद्ध हुने हिंसाप्रति शुन्य सहनशिलताको नीतिलाई व्यवहारमा रुपान्तरण गर्ने निष्कर्ष वैठकको थियो ।
Comment Here!