न्याय माग्न जाँदा प्रहरी हिरासतमा


मानव अधिकार अायाेगकाे चासाे

प्रकाशित मिति :2016-07-10 13:00:08

महिला खबर
सुनसरी। जबरजस्तीकरणी गर्न खोजेपछि उजुरी गर्न जाँदा एक महिला हिरासतमा परेकी छन्। स्थानीय धर्मचन्द मण्डलले जर्वजस्ती गर्न खोजेको भन्दै न्याय माग्न प्रहरी कार्यालय पुगेकी महिला उल्टै हिरासतमा वस्नु परेको थियो।

घटना विवरण अनुसार असार ८ गते दाल टिप्न खेतमा गएकी महिलालाई मण्डलले बलात्कार प्रयास गरेको भन्दै असार ८ गते नै प्रहरी चौकी पोखरियामा उजुरी गएकी थिइन्। प्रहरी चौकी पोखरियाले उनलाई इलाका प्रहरी कार्यालय रँगेली पठाएको पठाएको थियो। उजुरीका आधारमा मण्डललाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राख्दा स्थानीयले गाउँको कुरा गाँउमै मिलाउँछौ भन्दै दबाव दिएपछि इलाका प्रहरी कार्यालयले मण्डललाई छोडेको बताएको छ।

गाउँमा बसेको पञ्चायतीले समेत महिला दोषी रहेको भन्दै गाँउलेको दबावमा इलाका प्रहरी कार्यालय रंगेलीले असार ११ गते महिलालाई २४ घण्टा हिरासतमा राखेकाे हो। प्रहरीले अवदेखि दुवै जनाले हेराहेरसम्म पनि नगर्ने कागज गराएर चौबिस घण्टापछि पीडित महिलालाई हिरासतमुक्त गरेको हो ।

घटनाको विषय सार्वजानिक भएपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरले सत्यतथ्य बाहिर ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङसँग सात दिने लिखित जवाफ मागेको छ।

जिल्ला प्रहरी कार्यालयले स्थानीयले चर्को विरोध गर्न थालेपछि ती महिलाको सुरक्षाका लागि प्रहरी कार्यालयमा राख्नु परेको जवाफ पठाएको राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख पोषराज न्यौपानेले जानकारी दिएका छन्। सो घटनामा प्रहरीले गरेको कार्य कानुन सम्मत छ कि छैन राष्ट्रिय मानवअधिकार आयोगले थप छानविन गरिरहेको प्रमुख न्यौपानेले बताएका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएपछि पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक सन्तोष निरौलाको नेतृत्वमा प्रहरी टोलीले घटनाको बारेमा अध्ययन सुरु गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: