महिला खबर
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई पितृशोक परेको छ । उहाँका पिता तीर्थबहादुरको आज बिहान सीतापाइलास्थित मनमोहन मेडिकल कलेजमा निधन भएको हो । विसं १९७८ वैशाख १९ गते काठमाडौँको झोंछेमा जन्मनुभएका शाक्य लामो समयदेखि मुटु, दम र नसाको रोगबाट पीडित हुनुहुन्थ्यो ।
शाक्य एमालेका शुभचिन्तक, भूमिगतकालदेखिका सहयोगी तथा समाजसेवी समेत रहनुभएको एमालेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराका ससुरा समेत रहनु भएका शाक्यका चार छोरी र तीन छोरा हुनुहुन्छ ।
Comment Here!