तमोर नदी थुनिँदा सावादिन गाविस जोखिममा
महिला र बालबालिकालाई सुरक्षित स्थानतिर सारियो
माला पालुङ्वा
ताप्लेजुङ । जिल्लाको सावादिन गाविसको नाक्ला भीर फुटेर झर्दा तमोर नदी थुनिएपछि आसपासका बजार दोभान, मित्लुङ, हान्द्रुङ उच्च जोखिममा परेका छन् ।
तालको छेउमा रहेको मित्लुङ बजारका महिला र वालवालिकालाई सुरक्षित स्थानतिर सारिएको स्थानीय चन्द्र थिङले जानकारी दिए । स्थानिय पवन श्रेष्ठका अनुसार तालको चौडाई करिव दुई सय र लम्वाई करिव चार सय मिटर जस्तो देखिन्छ । एकातिरवाटमात्रै पानी बगिरहेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईले तमोर नदी आसपासका तल्लो क्षेत्रका बासिन्दालाई सुरक्षित रहन अनुरोध गर्नुभएको छ । घटनास्थलमा सेना, प्रहरी पुगेपनि पानीको निकास दिन सक्ने अवस्था नरहेको भट्टराईले बताउनुभयो । उहाँले ‘पानीको निकास गर्न सम्भव छैन, सबैलाई सुरक्षित स्थानमा सार्ने बाहेक अर्को विकल्प हामीसँग छैन ।’
ताप्लेजुङको दाश्रो ठुलो बजार दोभान लगायत मित्लुङ, हान्द्रुङ बजारका बासिन्दालाई प्रहरीले सुरक्षित रहन अनुरोध गरेको छ । तमोर नदीआसपासका ताप्लेजुङ बाहेकका जिल्लालाई पनि सुरक्षित रहन आग्रह गरिएको भट्टाराईले जानकारी दिनुभयो । घटनास्थल सदरमुकाम फुङलिङदेखि पैदल ५ घण्टाको दुरीमा रहेको छ ।
Comment Here!