प्रधानन्यायाधिसमा शुशीला कार्कीको नाम अनुमोदन


प्रकाशित मिति :2016-07-10 14:54:46

महिला खबर
काठमाडौं। संसदीय बिशेष सुनुवाइ समितिले प्रधानन्यायाधिसमा शुशीला कार्कीको नाम अनुमोदन गरेको छ। आज भएको सुनुवाइपछि कामु प्रधानन्यायाधिस कार्की अव प्रधानन्यायाधिस हुने बाटो खुलेको हो। समितिले आईतवार विहान कार्कीका बारेमा उजुरी गर्नेलाई बोलाएर छलफल गरेको थियो। कार्कीका बारेमा समितिमा छ वटा उजुरी परेका थिए।

उहाँविरुद्ध नाता कायम गराउन माग गर्दै दायर मुद्दामा डिएनए परीक्षणलाई मान्यता नदिएको, राष्ट्रिय मानवअधिकार आयोगका नाममा अन्तरिम आदेश जारी नगर्दा एक कर्मचारी सेवाबाट निष्कासन हुनुपरेको, न्यायपालिकामा राजनीतिकरण गरेको, कानुन विपरीत आफ्ना नातेदारको मुद्दा किनारा लगाएको, फैसलामा फरक–फरक मापदण्ड अपनाएको, मुद्दाको अध्ययन नै नगरी फैसला गरेको, काठमाडौँको वसुन्धरामा करोडौँ मूल्यको घर जोडेको आरोपमा उजुरी परेका थिए  ।

याे पनि पढ्नुहाेस

सुशीला कार्की कायममुकायम प्रधानन्यायाधीश

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: