बर्थिङ सेण्टरले घटायो मातृमृत्यु दर


प्रकाशित मिति :2016-07-11 10:40:53

सर्मिला बुढाथोकी
दोलखा । दोलखाका स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापना गरी गर्भवतीको स्वास्थ्य परिक्षण र सुरक्षित ढङ्गले सुत्केरी गराउने व्यवस्था भएपछि मात्रृमृत्यु दरमा उल्लेख्य कमि आएको तथ्याङ्कले देखाएको छ ।

बर्थिङ सेन्टरको समस्याबारे छलफल गर्दै महिला स्वास्थ्य  स्वयंसेविका  ।

बर्थिङ सेन्टरको समस्याबारे छलफल गर्दै महिला स्वास्थ्य स्वयंसेविका ।

नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम अन्र्तगत ०६५ सालबाट दोलखा जिल्लाका  स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन गर्दै आएको छ । गाउँमा कार्यरत स्वास्थ्य स्वयंसेविकाले प्रत्येक घरमा पुगेर  गर्भवती तथा सुत्केरी महिलाको अवस्थाबारे जानकारी लिएर आवश्यक परामर्श दिने गरेका छन् । बर्थिङ सेन्टर सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूमा  गर्भवती महिलाको चार पटकसम्म गर्भ परिक्षण हुने भएकाले पनि विगतको तुलनामा मात्रृमृत्यु दरमा उल्लेख्य कमि आएको स्वास्थ्यकर्मीको भनाई छ ।

जिल्लामा सञ्चालनमा रहेका बर्थिङ सेन्टरमा सुत्केरी महिलाहरूले आवश्यक उपचार र परामर्श पाउन सक्ने भएकोले अहिले दोलखा जिल्लामा मातृमृत्यु दरमा निकै कमि आएको नर्स नन्दकली चापागाईं बताउनुहुन्छ ।

दोलखा जिल्लामा आर्थिक वर्ष ०७१/०७२ मा सुरक्षित सुत्केरी गराउन नसक्दा तीन जना महिलाको मृत्यु भएकोमा गतवर्ष एकजनाको मृत्यु भएको नर्स चापागाईले बताउनुभयो ।

सुन्द्रावती स्वास्थ्य केन्द्रकमा कार्यरत स्वास्थ्यकर्मी राधिका कार्की जिल्लाको ग्रामीण भेगमा बर्थिङ सेन्टर सञ्चालनपछि दुर्गमका सुत्केरी महिलालाई समेत सहज भएको बताउनुहुन्छ । बर्थिङ सेन्टरमा सुरक्षित प्रसूतिका लागि तालिम प्राप्त स्वास्थ्यकर्मी र उपकरणको अभावले  समस्या हुने भएपनि शल्यक्रिया गर्नुपर्ने बाहेकका  गर्भवती महिलाले बर्थिङ सेन्टरबाट आवश्यक सेवा पाउन सक्ने कार्की बताउनुहुन्छ । सरकारले हरेक बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मी र आवश्यक उपकरणको व्यवस्था भने गरिदिनु पर्ने कार्कीको भनाई छ ।

नर्स चापागाई आमा सुरक्षा कार्यक्रम अन्र्तगत दोलखा जिल्लाका २५ भन्दा बढी स्वास्थ्यकर्मीलाई सुरक्षित सुत्केरी गराउने तालिम दिएपनि तालिम प्राप्त स्वास्थ्यकर्मी छोटो समयमै सरुवा भएर अन्यत्र जाने कारण समस्या देखिएको बताउनु हुन्छ ।  बर्थिङ सेन्टरमा आवश्यकता अनुसारको उपकरणको समेत व्यवस्था गर्ने गरिएको, तर ती उपकरण समेत लामो समय स्वास्थ्य संस्थामा नरहने समस्या देखिएको उहाँ गुनासो गर्नुहुन्छ ।

दोलखा जिल्लामा रहेको सामुदायिक सहितक  ५८ वटा स्वास्थ्य संस्था मध्ये ३१ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालनमा छन् । ती मध्ये चरिकोट प्रस्तावित अस्पताल र जिरी अस्पतालमा जटिल खालको शल्यक्रिया समेत गरिने र सुरी, लामाबगर, खोपाचागु, झ्याकु, बाँबरे, झुले, मागापौवा, नाम्दु, मेलुङ र श्यामा स्वास्थ्य चौकीमा अस्थाई साधान सहितको बर्थिङ सेन्टर सञ्चालनमा रहेको जानकारी चपागाइले दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: