नक्कली सुन दिएर महिलालाई ठगि गर्ने गिरोह पक्राउ


प्रकाशित मिति :2016-07-11 11:23:14

महिला खबर
दोलखा । दोलखामा नक्कली सुन दिएर एक महिलालाई १८ लाख रुपैयाँ ठगी गर्ने गिरोहका ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ७ जीलु घर भइ चरिकोट नयाँ बसपार्कमा फेन्सी पसल गरी बसेकी मेनुका चौलागाईसँग नक्कली सुन दिएर १८ लाख रुपैयाँ ठगि गर्ने सिन्धुपाल्चोक जिल्ला गातीका दावा ग्याल्जेन शेर्पा, गोपाल श्रेष्ठ, बाह्रविसे का कृष्ण श्रेष्ठ र भुवन श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

नक्कली सुन

नक्कली सुन

उनले २०६३ वैशाख २१ गते चौलागाईबाट उक्त रकम ठगि गरेका थिए । सुरुमा चौलागाईको पसलमा कपडा किन्ने बहानामा पुगेका उनीहरूले पसलमा पटक पटक पुगी चरिकोटमा घर किन्ने  कुरा गर्दै सुनको व्यवसाय गर्ने भनि प्रलोभनमा पारेका थिए । चौलागाईले पनि सुन बिक्रिबाट राम्रै फाईदा हुने देखेपछि उनीहरूलाई १८ लाख रुपैयाँ दिएर १ किलो सुन लिएको बताइन् । तर सुनको जाँच गराउँदा नक्कली भएको पत्ता लागेपछि उनले आफू ठगिएको थाहा पाएकी थिईन् ।

आफू ठगिएपछि चौलागाईले प्रहरीलाई खबर गरेको र प्रहरीले टेलिफोन, फेसबुकको माध्यमबाट ठगहरूको बारेमा जानकारी लिई सुराकीको आधारमा ५ किलो सुन साढे एक करोडमा किन्ने बहानामा उनीहरूसँग सम्बन्ध स्थापित गरेका थिए ।  सुन किन्न सुराकीसहितको प्रहरी टोली सिन्धुपाल्चोक पुग्दा ठगहरूले थाहा पाई भागेपछि सिन्धुपाल्चोक प्रहरीको समेत सहयोगमा ४ जनालाई पक्राउ गरिएको र मुख्य अभियुक्त सहित पाँच जना भने फरार रहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनुभयो । पक्राउ परेका चारै जनालाई आईतवार अदालतबाट ४ दिनको  म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताउनु भयो ।

यसैवीच  बिभिन्न धातुहरुमा सुनको जलप लगाई सुन हो भन्दै पूर्वका बिभिन्न शहरका महिलालाई ठगि गरेको तीन जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले इटहरी, धरान, दमकलगायतका स्थानमा एक दर्जनबढीलाई ठगि गरेको अभियोगमा मोरङ्ग उर्लावारीका ४९ वर्षीय सन्तोष श्रेष्ठ, उनकै भाई ४० वर्षीय राजकुमार श्रेष्ठ र सुनसरी बबिया निवासी २० वर्षीया सन्जु शर्मालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक ओमप्रसाद शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो । उनीहरूले पेय पदार्थमा लठ्याइने औषधी हाली सो खान दिएर सुनका गरगहना लैजाने समेत गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाले अपराध स्वीकारेको प्रहरी नायव उपरीक्षक शर्माले वताउनुभयो । उहाँका अनुसार उनीहरूलाई ठगि र लुटपाट अपराध ऐन अन्तर्गत कार्वाही गरिने छ । कार्वाहीका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा राखिएको छ । उनीहरूले नक्कली सुन दिएर सक्कली लैजाने र फ्रुटी खान दिएर सुनचादीका गरगहना लुटने गरेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: