प्रधानन्यायाधिस कार्कीद्वारा शपथ ग्रहण


अाजैदेखि पदभार ग्रहण

प्रकाशित मिति :2016-07-11 12:21:58

महिला खबर

Sushila

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले  प्रधानन्यायाधिसमा शुशीला कार्कीलाई आज पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।   शितलनिवासमा आज विहान राष्ट्रपति भण्डारीले कार्कीलाई शपथ गराउनुभएको हो ।  प्रधानन्यायाधिसको शपथ लिएपछि कार्कीले राष्ट्रपतिको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयूक्त अयोधी प्रसाद यादवलाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो ।

प्रधानन्यायाधिस कार्कीले अाजैदेखि अाफ्नाे कार्यभार सम्हाल्नुभएको छ ।

संसदीय सुनुवाइ  समितिले आईतवार कार्कीको सुनुवाइ गरी प्रधानन्यायाधिसमा उहाँको  नाम सर्वसम्मतले अनुमोदन गरेपछि प्रधानन्यायाधिसका लागि कार्कीको बाटो खुलेको थियो ।  यसैगरि प्रमुख निर्वाचन आयुक्तमा  यादवको नाम समितिबाट शुक्रवार नै अनुमोदन भएको थियो । नेपालको इतिहासमै न्यायालयको उच्च पदमा महिला आएको यो पहिलो पटक हो । शुसीला कार्कीले वैशाखदेखि नै सर्वोच्च अदालतको  कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको हो ।

राष्ट्रप्रमुख, सभामुख र प्रधानन्यायाधिस गरी तीनजना महिलाले सर्वोच्च निकायमा गरेको नेतृत्व विश्व कै निम्ति उदाहरणीय बनेको छ ।

थप समाचार

प्रधानन्यायाधिसमा सुशीला कार्की सिफारिस

सुशीला कार्की कायममुकायम प्रधानन्यायाधीश

प्रधानन्यायाधिसमा शुशीला कार्कीको नाम अनुमोदन

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: