तीनवटा सर्वोच्च निकायमा महिलाको नेतृत्व ऐतिहासिक संयोग


प्रकाशित मिति :2016-07-11 14:45:36

महिला खबर

prez,onsari,sushila
ललितपुर । शुशिला कार्कीले  प्रधानन्यायधिशको कार्यभार ग्रहण गरेसँगै नेपालका तीन शक्तिशाली पदमा महिलाको नेतृत्व स्थापित भएको  छ । राष्ट्रपति विद्यादेवी भण्डारी, सभामुख ओनसरी घर्ती र प्रधानन्यायाधिश शुशिला कार्की हुनुभएको छ । बरिष्ठ अधिवक्ता सपना प्रधान मल्लले  नेपालको छवि अहिले महिलाको विषयमा बोल्नेमात्र नभएर व्यवहारमा लागु गर्ने देशको रुपमा सुचीकृत भएको  प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो ‘परिवर्तनको प्रतिवद्घतालाई व्यवहारमा उतार्न सक्षम देश भनेर स्थापित भएको छ ।’

उहाँले देशको प्रमुख पदमा महिलाको नेतृत्वले आम महिलाले  सकारात्मक अनुभूत गर्ने आशा जगाएको बताउनुभयो । नेतृत्व तहमा महिला पुग्नु महत्वपुर्ण भएपनि पूर्ण रुपमा सफल भने यसलाई भन्न नमिल्ने उहाँको भनाइ छ । ‘५१ प्रतिशत महिलाका लागि  उहाँहरू  खम्बा हुनुभएको छ अवश्यपनि सकारात्मक परिवर्तन हुन्छ भन्ने विश्वास छ’ मल्लले भन्नुभयो । सपना प्रधान मल्ल सर्वोच्च अदालतमा न्यायाधिसका लागि शिफारिस गरिएका एघारजना मध्ये एक हुनुहुन्छ ।

अधिकारकर्मी शर्मिला कार्कीले पिछडिएको मुलुक भएकाले यहाँका महिलाले केही गर्न सक्दैनन् भन्ने विश्वको आम बुझाइलाई नेपालले गलत सावित गरिदिएको बताउनुभयो । यसबाट अवशर पाएमा नेपाली महिलाले जुनसुकै पदको नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण विश्व मै स्थापित भएको उहाको प्रतिक्रिया थियो । उहाँले भन्नुभयो ‘राष्ट्रप्रमुख, न्यायपालिकाको प्रमुख र व्यवस्थापिकाको प्रमुख महिला हुनु विश्व मै ऐतिहासिक संयोग हो, यस्तो संयोग विश्वमै निकै दुर्लभ हुन्छ ।’

‘यी महत्वपूर्ण र ऐतिहासिक अवशरसँगै चूनौति पनि कम छैनन्’ उहाँ भन्नुहुन्छ । यीमध्ये कुनैपनि निकायमा थोरैमात्र पनि तलमाथि भएमा महिलाले गर्दा भयो भन्ने हुन्छ, त्यसैले यसतर्फ धेरै सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।

तीनवटा प्रमुख निकायमा महिलाको नेतृत्व ऐतिहासिक  भएकाले खुशी लागेपनि महिलाको सहभागिताले मात्र नपुग्ने अधिकारर्मी डा.रेणु अधिकारीको प्रतिक्रिया छ । यो सहभागितासँगै कतिपयले अब महिलालाई  के चाहियो भन्ने प्रतिकृया दिनेक्रम बढेको उहाँको भनाइ छ ।  ‘निर्णायक तहमा प्रधानन्यायाधिस मात्र हुनुहुन्छ,  अरु दुईजनाको त प्रतिकात्मक सहभागिता मात्र हो’ अधिकारी भन्नुहुन्छ ।  उहाँ थप्नुहुन्छ ‘५० प्रतिशत भन्दा बढी जनसंख्यामा रहेको महिलाका लागि पर्याप्त कानुन नभएकोले अन्यायमा परेका महिलालाई प्रधानन्यायाधिसले न्याय दिनुहुन्छ भन्ने विश्वास छ ।’

थप समाचार…

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: