प्रकाश सिंह

बाह्रबिस गाबिस आन्द्रा बाहिर भएको जिवित बच्चाको जन्म भएको छ । बाह्रबिस ९ सिमलकोट बस्ने २४ बर्षिय विनिता सुनारले शरिरको बाहिर आन्द्राको विकास भएको जन्माएको बच्चा ।
बाजुरा । बाह्रबिसे गाबिसमा आन्द्रा बाहिर भएको बच्चाको जन्मिएको छ । बाह्रबिस सिमलकोटकी २४ वर्षीया विनिता सुनारले शरिरको बाहिर आन्द्राको विकास भएको बच्चा जन्माएको बाह्रबिस स्वास्थ्य चौकीकी अनमी लक्ष्मि गिरीले वताउनुभयो ।
सोमवार बिहान बाह्रबिस स्वास्थ्य चौकीमा अनमीको सहयोगमा विनिताले छोरी जन्माएकी थिइन् । नियमित गर्भ जाचँ गरेको भएपनि स्वास्थ्य चौकीमा भिडियो एक्सरे नभएका कारण शरिर बाहिर आन्द्राको विकास भएको जानकारी पाउन नसकिएको अनमी गिरीले वताउनुभयो । बच्चा जन्मने बितिकै रोएको थियो, तर आमाले दुध खुवाउन नमानेकको उहाँले बताउनुभयो ।
दोस्रो बच्चाको रुपमा आन्द्रा बाहिर भएको बच्चा जन्माएकी विनिताको शरीरमा रगतको अभाव देखिएको छ । आमा र बच्चा दुबैलाई उपचारको लागि अन्यन्त्र लैजान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्, तर यसका लागि आर्थिक अभाव छ, काठमाडौं नै लैजानपर्ने भएपछि समस्या भएको श्रीमान समीर सुनार बताउनुभयो । ‘पेटमा समस्या त देखिने गरेको थियो, पीडा सहँदै बसेँ यस्तो भएको रहेछ’ विनिताले वताउनुभयो ।
यस्तो बच्चाको उपचार काठमाडौंको कान्तिवाल अस्पतालमामात्र हुन सक्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डा. मोहन नाथले वताउनुहुन्छ । समयमै शल्यक्रिया गर्न सकेमा बच्चा बाँच्ने सम्भावना रहेको छ । बच्चाको जन्म हुने प्रक्रियामा गढबढ भएका कारणले यस्तो भएको हुन सक्ने उहाँले वताउनुभयो । कुपोषण र गर्भवती भएको बेला कामको चाप धेरै भएका कारण पनि यस्तो हुन सक्ने स्वास्थ्यकर्मीले वताएका छन् ।
दुर्गमका गर्भवती तथा सुत्केरी महिलाहरु भौगोलिक बिकटता आर्थिक अभाबले पिडा सहदै आएका छन् । केही महिलाले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता रहदै आएको छ । अर्को स्वास्थ्य चेतना नभएका कारणले पनि समस्यामा परदै आएको छन् । दुर्गमा नियमित गर्भजाच गर्ने महिलाको संख्या समेत न्युन रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
Comment Here!