पीडित महिलाको मुद्दा प्रहरीले दर्ता गरेन


प्रकाशित मिति :2016-07-11 16:31:35

चीना थापा

विराटनगर । छिमेकी महिलाले कुटपिट गर्दै आइरनले डामेर पीडित भएकी दलित महिलाको मुद्दा प्रहरीले दर्ता गर्न मानेन् । मोरङको सुन्दरदुलारी–७ गछियाकी ३५ वर्षीया प्रमिला बिश्वकर्माले आईतबार जिल्ला प्रहरी कार्यालय मोरङमा छुवाछुत अपराधको  मुद्दा दर्ता गर्न  खोज्दा प्रहरीले दर्ता गर्न नमानेको हो ।

प्रमिलाले छिमेकीबाट आफू अन्यायमा परेको भएपनि न्याय दिने प्रहरीले नै न्याय नदिएको बताइन् । आफूमाथि भएको ज्यादतीविरुद्ध प्रमिलाले जातिय भेदभाव तथा कसुर सजाय ऐन र कुटपिटविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन् । तर प्रहरीले दर्ता गर्न नमानेको बताएकी छिन ।

छिमेकीहरू मन्दिरा गुरुङ, रन्जना गुरुङ र माया राईलगायतले गएको जेठ २५ गते कुटपिट गरी आइरनले डामेपछि उनले इलाका प्रहरी कार्यालय बेलवारीमा उजुरी दिएकी थिइन् । जातिय विभेद र छुवाछुतको घटना भएपनि इलाका प्रहरी बेलबारीले दोषीलाई पक्राउ नगरि घटना मिलापत्र गराउन खोजेकाले आईतबार उनी जिल्ला प्रहरी कार्यालय आएको बताइन् ।

प्रमिलाले दलित भएकै कारण आफूमाथि कुटपिट भएको भन्दै जातिय विभेद तथा छुवाछुत कसुर ऐन २०६८ अन्र्तगत मुद्दा दर्ता गराउन माग गरेकी छन् । प्रमिलाका अनुसार घटना भएको एक महिना बितिसक्दा पनि प्रहरीले आक्रमणमा संलग्नलाई पक्राउ गरेको छैन ।

ईलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ईन्स्पेक्टर मेघराज थापाले किस्ताको रकम संकलन गर्ने विषयमा महिला समूहमा झगडा हुँदा दुबैतर्फ चोट लागेकोले  दुबैतर्पmलाई राखेर मिलापत्र गराउने प्रयास गरेको, तर प्रमिलाले महिलाले नचाहेकोले मिलापत्र हुन नसकेको बताए ।

दलित गैरसरकारी संस्था महासंघका केन्द्रीय उपाध्यक्ष गोपाल लकान्द्रीले प्रहरीले मुद्दा दर्ता गर्न नमाने राष्ट्रिय दलित आयोग र अदालत जाने बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: