सर्मिला बुढाथोकी
दोलखा । प्रहरीले पनि सोमवारबाट प्रहरी मेरो साथी अभियान सुरु गरेको छ । प्रहरीलाई साथीको रुपमा हेर्ने र प्रहरीले पनि आम नागरिकलाई साथीकै रुपमा व्यवहार गर्ने उद्देश्य साथ यो अभियान सुरु भएको दोलखा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले प्रहरी मेरो साथी अभियानको लोगो अनावरण गरेर अभियानको सुरु गर्नु भएको थियो । सो अवसरमा नेपाली कांग्रेसका सभापति रुद्रबहादुर खड्का, एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेल, नेकपा माओवादी केन्द्रका पाण्डे लगाएतले प्रहरी मेरो साथी अभियानले अपराधि घट्ना नियन्त्रण, महिला हिंसा, घरेलु हिंसा जस्ता घट्नाको अन्त्य, सामाजिक विकास आदिमा प्रहरी र जनता साथ साथ रहने अवस्था सृजना हुने विश्वास व्यक्त गर्नु भयो ।
कार्यक्रमको अवसरमा प्रहरी प्रमुख बेलबहादुर पाण्डेले बिभिन्न कारणले हुने लैङ्गिक हिंसा, मदिराको कारणले हुने घरेलु हिंसा, महिलामाथि हुने दुव्र्यवहार तथा हिंसा नियन्त्रणको लागि प्रहरीले जनताको विश्वास जित्नु पर्ने र जनताले पनि प्रहरीलाई साथीको व्यवहार गरेर साथ दिनुपर्ने बताउनुभयो ।
थप समाचार…
Comment Here!