लिङ्ग पहिचान गरी गर्भपतन गर्ने देशहरूको सूचीमा नेपाल ११ अौं स्थानमा


प्रकाशित मिति :2016-07-12 16:22:54

महिला खबर
ranking

एसियन सेन्टर फर ह्युमन राइट्सले  ( ACHR ) प्रकाशन गरेको एक प्रतिवेदनमा छोरा र छोरी जन्मदाको लैंगिक अनुपात भिन्नतामा नेपाल ११ अौ स्थानमा परेको छ।

‘फिमेल इन्फेन्टिसाइड वर्ल्ड वाइड ‘ प्रतिवेदनमा ACHR ले छोराको चाहनामा छोरीलाई भ्रुणमै हत्या गर्ने प्रवृति संसारभरी रहेको  देखाएको छ ।  प्रत्येक वर्ष  १५ लाख छोरीको  भ्रुणमै हत्या हुने गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन अनुसार लिङ्ग पहिचान गरी गर्भपतन गर्ने सूचीमा चीन दोस्रो स्थानमा रहेको छ । यसैगरि भारत चौंथो स्थानमा र युरोपेली देश लिकटेन्स्टिन चाहि पहिलो स्थानमा रहेको छ।

सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी वर्ल्ड  फ्याक्टबुकले ACHR लाई तथ्याङ्क उपलब्ध गराए अनुसार ACHR ले विश्वका मुख्य  मुख्य देशसहितको सूची तयार गरेको थियो।

सन् १९९० पछिका विभिन्न अध्ययनहरूले  गर्भमा छोरी भए पतन गराउने महिलाको संख्या कम हुँदै गइरहेपनि  उक्त समस्या अझै गम्भिर भएको उल्लेख गरेका छन् ।

संयुक्त राष्ट्रसंघका अनुसार सन् २००७ मा संसारबाट भौगोलिक हिसाबले एघार करोड ३० लाखदेखि २० करोड  महिला हराइरहेका छन् र एसियामा मात्रै  लिङ्ग पहिचानपछि गरिने गर्भपतनका  कारण करिब एघार करोड ७० लाख महिलाको संख्या कम भएको छ ।

प्राकृतिक रुपमा  सय र एकसय छ जना छोरा जन्मँदा सयजना छोरी  जन्मिने  गरेको पाईन्छ, तर छोरीको लिङ्ग पहिचान गरी गर्भपतन गराउने प्रवृत्तिका  कारण पुरुषको संख्या निकै बढ्दै गइरहेको  प्रतिवेदनमा उल्लेख छ।

नेपालमा मार्च २००२ अघि गर्भवतीको ज्यान जोखिममा रहेको अवस्था बाहेकको अवस्थामा गर्भपतनलाई अपराध मानिँदै आएको थियो, तर २००२ पछि  गर्भपतनले कानुनीमान्यता पाएको छ। नेपाल एउटा पितृसत्तात्मक राष्ट्र भएका कारण छोराको चाहना र अन्य सामाजिक तथा धार्मिक मुल्य मान्यताका कारण लिङ्ग पहिचानपछि छोरी भए गर्भपतन गर्ने गरेको पाइन्छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: