महिला खबर
सिरहा। बालबालिको चौतर्फी बिकास र सहभागिताको अभ्यास गर्ने उद्देश्यले सिरहामा दुई दिने जिल्ला बाल भेला सम्पन्न भएको छ। जिल्ला बालकल्याण समिति सिरहा, जिल्ला विकास समिति र महिला तथा बालबालिका कार्यालय सिरहाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जिल्ला भरीका ६३ गाबिसस्तरीय बाल क्लब संजालका ३ सय बालबालिका, राजनीतिक दलका प्रतिनीधि कार्यालय प्रमुख तथा बिभिन्न संघ संस्थाका प्रतिनीधिको सहभागिता थियो।
कार्यक्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले बढ्दो सामाजिक विकृतिबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन बालबालिकाहरूलाई आग्रह गर्नुभयो।
उहाँले बालबालिका नै राष्ट्रको भबिष्य भएको भन्दै गर्न नहुने कुरालाई कहिल्यै गर्दिन भनेर आजैबाट प्रण गर्न र देश र समाजका लागि गर्नुपर्ने कुरा प्रति प्रतिबद्ध बन्न आग्रह गर्नुभयो।
बाल दुर्व्यवहारलाई निरुत्साहित गर्न, बाल अधिकारको संरक्षण र प्रबर्द्धन गर्न बालबालिको चौतर्फी विकास गर्ने र सहभागिता बढाउन यस्ता कार्यक्रम आयोजना गर्दै जाने महिला तथा बालबालिका कार्यालयकी प्रमुख दुर्गा भन्डारीले बताउनु भयो।
सरकारले योजना तर्जुमा गर्दा बालबालिकाको सहभागिता अनिबार्य गर्नेदेखि १० प्रतिशत बजेट बालबालिकाका लागि खर्च गर्नुपर्ने व्यवस्था गरेको भन्दै उहाँले यसको सदुपयोग भएको छ कि छैन निगरानी गर्न बालबालिकालाई आग्रह गर्नुभयो।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सिरहाको कुल जनसंख्याको ४५ प्रतिशत जनसंख्या बालबालिकाको रहेको छ। तर साक्षरता, विद्यालयमा पहुँच, बालसहभागिताका विषयमा भने सिरहाका कुनै निकायले ध्यान नदिएको सरोकारवाला अन्य सहभागीले बताए। बिद्यालय भन्दा बाहिर कति बालबालिका छन् , कति बालबालिको बिद्यालयमा पहुँच छ भन्ने तथ्याङ्क जिल्लाका सरकारी तथा गैरसरकारी कुनै निकाय सँग छैन।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष देब कुमार यादबले जिल्ला शिक्षा कार्यालयकै अगाडी रहेको मुसहर समुदायका बालबालिका स्कुल जान नपाएको बताउनुभयो। उनीहरुलाई स्कुलसम्म पुर्याउने प्रयास कतैबाट नहुनु दुखद भएको उहाँको भनाइ थियो।
जिल्लाका सरकारी र गैरसरकारी निकायले बालबालिकोको क्षेत्रमा गर्ने कार्यक्रम राजमार्ग र शहर केन्द्रित हुने र ती निकायले गोष्ठी अन्तरकृया , भेला, र्याली जस्ता कार्यक्रममात्र गर्ने हुँदा यस्ता कार्यक्रमले बालबालिकाको चौतर्फी बिकासमा परिणाम ल्याउन नसक्ने उहाँले बताउनुभयो।
सिरहाका राजमार्गमा अवस्थित लहान,गोलबजार, चोहर्वा, मिर्चैयामामात्र सरकारी तथा गैरसरकारी निकायले कार्यक्रम गर्ने हँुदा वहाले भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रका कजरा जिझौल, कचनारी गाविसमा बालबालिकाको अवस्थाका बारेमा कुनैपनि निकायले चासो नराखेको उहाँको गुनासो थियो।
Comment Here!