यमुना खनाल
लहान । सिरहाको घर गृहस्थीमात्रै सम्हालेर बसेका मधेशी समुदायका महिला हिजोआज सदरमुकाममा हुने क्षमता बिकास तालिममा भेटिने गरेका छन् । स्थानीय निकायमा आउने महिला लक्षित १० प्रतिशत बजेटबाट सिरहाका बिभिन्न गाबिस र नगरपालिकाले महिलाका लागि सीप तथा क्षमता बिकास तालिम संचालन गरेपछि उनीहरू घरको काम छोडेर सीप बिकास तालिममा सहभागी भएका हुन् । स्थानीय निकायले संचालन गरेको महिलाको क्षमता बिकास तालिममा लाहाको चुरी बनाउने तालिम सिरहाका बिभिन्न ठाँउमा संचालन भईरहेको छ । अधिकांश मधेशी महिलाले लाहाको चुरा लगाउने हुँदा यसको माग पनि तराईमा बढी छ ।
धनगढी नगरपालिकाले जिरोमाईलमा निःशुल्क स्वरोजगार तालिम संचालन गरेको छ । नगरपालिकाले संचालन गरेको तालिममा ३२ जना महिला हाते कडाई र लाहाको चुरी बनाई रहेका थिए । तालिममा १७ जना महिला हाते कडाई र १५ जना मधेशी समुदायका महिला लाहाको चुरा बनाउने तालिममा सहभागी छन् ।
तालिममा सहभागी धनगढी नगरपालिका ११ की निसा मगर साडीको बुट्टा बनाउन सितारा र जडी भर्दै हुनुन्थ्यो । नगरेको काम निकै गाह्रो भएको अनुभव उहाँले सुनाउनु भयो । तर जसरी भएपनि कुर्ता सुरुवाल र साडीमा गरिने कडाई सिकेरै छाड्ने उहाको भनाइ छ । आफूले सिकेको सीप निखारेर सानो बुटिक खोल्ने निसाको सपना छ ।
तालिममा सहभागी धनगढी नगरपालिकाकी हिरादेबी साहले श्रीमान्को कमाईको भरमा बाँच्नु पर्दा हेपिनु परेकाले तालिम लिन आएको बताउनुभयो । ‘श्रीमानको अधिनमा कति दिन बस्ने आफ्नै सीप भयो भने आफ्नै कमाईमा बाँच्न सकिन्छ भनेर तालिममा सहभागी भएकी हुँ’ उनले भनिन् ।
निशा र हिरा देबी जस्तै धनगढी नगरपालिकाकै सन्जु खड्काको हाते कडाईको सीप सिकेर यसलाई व्यवसायको रुपमा अगाडी बनाउने योजना छ । ‘शिक्षा र सीप दुबै नभएका हामी जस्ता महिला समाजमा पछाडी परेका छांै ,त्यसैले कम से कम हातमा केही सीप भयो भने यसलाई बेचेर खान सकिन्छ भनेर तालिम लिन आएको’ उनी भन्छिन् ।
धनगढी नगरपालिकाले महिला लक्षित बजेट अन्तर्गत चारवटा एरिया बनाएर महिलाका लागि हाते कडाइ र लाहाको चुरी बनाउने तालिम संचालन गरेको छ । धनगढी नगरपालिको जिरोमाईल , हनुमानगर, फुलकहाकट्टी र बिष्नुपुरकट्टी गरी एक सय २५ जना महिला हाते कडाई र लाहाको चुरी बनाउने तालिम लिई रहेका छन् । प्रत्येक एरियामा १५ जना महिलाले लाहाको चुरी बनाउने र १५ जना हाते कडाईको तालिममा सहभागी छन् । नगरपालिकाको १२ लाख रुपैयाँ महिला लक्षित बजेटबाट तालिम संचालन गरिएको हो ।
धनगढी नगरपालिकाका कार्यकारी प्रमुख राम प्रमोद यादब महिलाको क्षमता बिकास तालिम महिला लक्षित कार्यक्रममा मात्र नभएर यसलाई बार्षिक योजनामा समेटेर नै गर्ने योजना रहेको बताउनु हुन्छ । यो वर्षमात्र घोषण भएको नयाँ नगरपालिका भएकोले आगामी वर्षको कार्यक्रममा महिलालाई तालिम प्रदान गर्ने कार्यक्रम अझ बढाउने बताउनुहुन्छ ।
त्यसैगरी सिरहाको गोल बजार नगरपालिकाको वडा नंम्बर एक, तीन, नौ र दशमा मुडा बनाउने तालिम संचालन भईरहेको छ । तालिममा गरिब बिपन्न बर्गका प्रत्येक वडामा २७, २७ जना महिलाको सहभागिता रहेको छ । गोल बजार नगरपालिकाको महिला लक्षित कुल १२ लाख बजेटबाट मुढा, मैनबत्ति तथा अगरबत्ति बनाउने तालिमका साथै ब्युटिपार्लर, महिला प्रजनन् स्वास्थ्य सम्बन्धि तालिम नगरपालिकाको एक देखि १२ वटा वडामा संचालन भईरहेको छ । त्यसैगरी सिरहाको मझौरा गाबिसमा लक्षित समूहको कार्यक्रम अन्तर्गत लहठी चुरी बनाउने तालिम भईरहेको छ ।
सरकारले ल्याएको नीतिको कार्यन्वयन गर्ने निकायले सही कार्यन्वयन गर्ने हो भने सरकारले लिएको लक्ष्य पुरा हुन्छ । लक्षित समूहले पनि लाभ लिन सक्छन्, तर सिरहाका थुप्रै गाविसमा महिला लक्षित बजेट विकास निर्माणका काममा लगाउँदा महिला क्षमता बिकासबाट बन्चित पनि भएका छन् ।
Comment Here!