बालिका अपहरण गर्नेलाई छ वर्ष कैद


प्रकाशित मिति :2016-07-14 10:10:33

महिला खबर

इलाम । एक चौध वर्षीया बालिका अपहरण गरी बन्धक बनाएर बेचबिखन गरेको आरोपमा थुनामा रहेकी इलाम दानाबारीकी एक युवतीलाई जिल्ला अदालतले छ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले बालिकालाई बेचबिखन गर्ने  ईश्वरी खत्रीलाई छ वर्ष कैद र  एक लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

खत्रीलाई मुलुकी ऐन अपहरण गर्ने तथा शरीर बन्धक लिने महलको १ नम्बर अनुसारको कसुर ठहर गर्दै मुलुकी ऐन, ३ नम्बर बमोजिम चार वर्षको कैद, रु एक लाख जरिवाना र ती बालिकामाथि अन्य कसुर गरेको देखिएकाले मुलुकी ऐनको ९ नम्बर बमोजिम थप दुई वर्ष कैद र बालिकाका नाममा एक लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको भट्टराईले बताउनुभयो ।

विवाहको बहानामा बालिकालाई काठमाडौमा बन्धक बनाइराखेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: