महिला खबर
म्याग्दी । जिल्ला अदालत म्याग्दीले छोरीलाई बलात्कार गर्नेलाई १८ वर्ष कैद सजाय र र २५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश रामप्रसाद शर्माको इजलासले हाडनाता करणी गरेको अभियोग लागेका पाखापानीका ती व्यक्तिलाई विहीवार उक्त सजायको फैसला सुनाएको हो । १२ वर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि प्रहरीले गत वैशाख २९ गते उनलाई पक्राउ गरी मुद्दा दर्ता गरेको थियो ।
Comment Here!