सर्वोच्च अदालतद्वारा सरोगेसीविरुद्ध परेको रिट निवेदन खारेज


प्रकाशित मिति :2016-07-15 10:43:45

महिला खबर
surrogacyकाठमाडौं । सर्वोच्च अदालतले महिलाको कोख भाडामा लिई बच्चा जन्माउने सरोगेसीविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले विहीवार सो निवेदन खारेज गरेको हो ।  अधिवक्ता पुष्पराज पाण्डेले गतवर्ष भदौमा सरोगेसी बढेकाले रोक लगाउन माग गर्दै अदालतमा निवेदन दर्ता गर्नुभएको थियो । यो   मुद्दामा पहिलो सुनुवाइ गर्दै सर्वोच्चले सरोगेसी सेवा तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो।  निवेदनमा सरोगेसी सेवाका सम्बन्धमा नेपालमा कानुनी व्यवस्था नभएकाले प्रजनन सेवाका नाममा अवैध कृत्रिम रुपमा शिशु उत्पादन गरी उद्योग सञ्चालन गरे जस्तो मानव बेचबिखन गर्न अस्पतालले नपाउने उल्लेख छ ।

सर्वोच्चको उक्त आदेश लगत्तै सरोगेसी सेवा सञ्चालन गर्दै आएको ग्रान्डीसिटी अस्पतालले आदेशविरुद्ध रिट दर्ता गराएको थियो।  दुवै मुद्दालाई एकै ठाउँमा राखेर सर्वोच्चले बिहीबार  खारेज  गरेको हो।

सरकारले सरोगेसीसम्बन्धी ऐननियम खारेज गरिसकेकाले रिटबारे बोलिरहनु नपर्ने जनाई अदालतले निवेदन खारेज गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, ग्रान्डी सिटी क्लिनिक एन्ड डाइगोस्टिक सेन्टर, ओम अस्पताल, भेनस अस्पताललगायतलाई विपक्षी बनाई दायर गरिएको निवेदनमा विदेशी दलालले ग्राहकसँग कोख खोजिदिए बापत र एक करोड रुपैयाँ  र अस्पतालले  ४० लाख रुपैयाँ लिने, तर कोख दिने आमाले भने  तीन रचार लाख रुपैयाँमात्र पाउने गरेको उल्लेख थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: