लैङ्गिक हिंसाविरुद्ध अनलाइन सेवा


प्रकाशित मिति :2016-07-15 11:57:53

महिला खबर
ललितपुर । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले मानव बेचविखन, ओसारपसार तथा लैङ्गिक हिंसा पीडितले प्राप्त गर्ने निशुल्क सेवाहरुको विवरणको वेब साइट संञ्चालनमा ल्याएको छ ।

va

आज जानकारी दिईएको वेबसाइट मार्फत मानव बेचविखन तथा ओसारपसारबाट प्रभावित, लैङ्गिक हिंसाबाट प्रभावित, शारीरिक रुपमा अशक्त, जोखिममा रहेका व्यक्ति तथा समुदायका लागि सेवामुलक जानकारी दिईने मन्त्रालयले जनाएको छ ।

एसिया फाउन्डेसन र वल्र्ड एजुकेसन इन्टिच्युटको सहयोगमा संचालित वेबसाईटमा कानुनी सेवा, स्वास्थ्य सेवा, पुनस्र्थापना, शिक्षा, मनोसामाजिक परामर्श, जीविकोपार्जन सम्बन्धी सेवाहरु रहेको महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका सह सचिव राधिका अर्यालले जानकारी दिनुभएको छ । अहिले यो सेवा नेपालका काठमाडौं, कञ्चनपुर, कैलाली, झापा, चितवन, नुवाकोट लगायतका १६ वटा जिल्लामा संन्चालन हुने र आगामी वर्षभित्र ७५ वटै जिल्लामा अनलाईन सेवा संन्चालन हुने अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका मन्त्री चन्द्र प्रकाश (सिपी) मैनालीले वास्तविक पीडितसम्म पुग्न यो अनलाईन सेवा प्रभाकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘यसको प्रभावकारिता र दुरुपयोग गर्न सक्ने स्थिति रोक्नका लागि अनुगमन गर्ने छौँ ।’

अनलाईन सेवा प्राप्त गर्नको लागि www.sewa.mowcsw.gov.np लगअन गर्नुपर्ने छ । साथै बालबालिका खोजतलास समन्वय केन्द्रका लागि हेल्पलाईन १०४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: