अधिकारका बारेमा चेतनामूलक कार्यक्रम आवश्यक


प्रकाशित मिति :2016-07-15 15:15:02

महिला खबर
दोलखा । लैङ्गिक हिंसा मूल प्रवाहिकरण समन्वय समिति दोलखाको शुक्रवार बसेको बैठकले भूकम्पपछि महिलामा परेको प्रभाव न्युनिकरण तथा सरकारले महिलाको पक्षमा निर्माण गरेको ऐन कानुनको बारेमा  जानकारी गराउन चेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

बैंठकमा लैङ्गिक हिंसा मुल प्रवाहिकरण समन्वय समिति दोलखाले आर्थिक वर्ष २०७२/०७३ मा सञ्चालन गरेको कामको बारेमा समिक्षा गर्दै महिला तथा बालबालिकाको पक्षमा काम गर्ने वातावरण निर्माण गर्न र उनीहरूलाई अधिकारको बारेमा जानकारी गराउन चेतनामूलक कार्यक्रम आवश्यक रहेको निष्कर्ष निकालिएको महिला  तथा बालबालिका कार्यालय दोलखाका महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

 समितिले हालसम्म दोलखा जिल्लाका २ सय ४० जना भूकम्प पीडित महिलालाई प्रति व्यक्ति ७ हजार ५ सय रुपैयाँका दरले आर्थिक अनुदान दिईएको ढकालले बताउनुभयो ।

लैङ्गिक हिंसा मुल प्रवाहिकरण समन्वय समितिका अध्यक्ष स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकमा प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, विभिन्न सरकारी एवंम गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको सहभागिता थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: