महिला खबर
भक्तपुर । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपनि यसमा संवैधानिक जटिलता रहेको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले शुक्रवार गरेको साक्षत्कार कार्यक्रममा बोल्दै उहाँले संविधानमा वर्तमान सरकारलाई हटाउन सक्ने प्रावधान कस्तो छ भन्ने अध्ययन नगरी अगाडि बढ्दा समस्या देखिने भन्दै केपी शर्मा ओलीको सरकार कस्तो भूमिकामा प्रस्तुत हुन्छ त्यसमै नयाँ सरकार निर्माणमा भर पर्ने बताउनुभयो ।
वर्तमान समयमा ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सबैलाई समेटी अघि बढ्नुपर्ने भन्दै उहाँले सहमतिको सरकार निर्माण नभए संविधान कार्यान्वयनमा जटिलता देखा पर्नुका साथै सरकार परिवर्तनले नेपालको आर्थिक विकासमा ठूलो धक्का बेहोर्नुपर्ने औल्याउँनुभयो ।
सभापति शेर बहादुर देउवाले केन्द्रीय समितिमा छलफल नगरी हरेक बिषयमा अगाडि बढेको र त्यसले पार्टीलाई नै क्षती पुग्ने भएकाले छलफल र परामर्शमा अघि बढ्न आग्रह गर्नुभयो ।
चीनका राष्ट्रपतिको नेपाल भ्रमण रोकिए नेपालको छवि विश्वमै विग्रने भन्दै उहाँले भन्नुभयो ‘चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भए नेपालले ठूलो परिवर्तनको बाटो समात्ने छ ।’
नेपाल र भारतसँगका मैत्रिपूर्ण सम्बन्धलाई निरन्तरता दिँदै चीनियाँ राष्ट्रपतिको भ्रमणलाई निश्चित गर्न जसको सरकार बनेपनि अग्रसता देखाएर परिवर्तनको ढोका खोल्न सक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
मधेश आन्दोलनका जायज मागको सम्बोधन गर्न दुई तिहाई आवश्यक रहेकाले समेत सहमतीय सरकार नबने असम्भव रहने भन्दै उहाँले जायज मागको सम्बोधन गर्न सकिने भएपनि संविधान पुनर्लेखन असम्भव रहेको उहाँको भनाई थियो ।
Comment Here!