वालविवाह गरिदिँदा पाँच हजार जरिवाना


प्रकाशित मिति :2016-07-15 16:10:28

निरज सापकोटा

रामेछाप । उमेर नपुगी छोरीको विवाह गरिदिने रामेछाप भीरपानीकी कृष्णमाया श्रेष्ठले पाँच हजार रुपैयाँ जरिवाना तिरेकी छन् ।

आफ्नी १६ वर्षीया कान्छी छोरीको उमेर नपुगी विवाह गराईदिएको भन्दै २०७२ साल फागुन २० गते जिल्ला  अदालत रामेछापमा  मुद्दा दर्ता भएको थियो ।

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविन बाल हेल्पलाईनमा बालिका सम्पर्कमा आएपछि उक्त संस्थाको पहलामा मुद्दा दर्ता भएको थियो । यो मुद्दाको सुनुवाइ गर्दै   जिल्ला न्यायाधिश किरण प्रसाद शिवाकोटीको इजलासले विहीवार  बालिकाकी आमा कृष्णमाया श्रेष्ठलाई पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

२०७२ साल मंसिर २८ गते १६ वर्षीया छोरीलाई पिंखुरी गाविसका २० वर्षीय कैलाश श्रेष्ठसँग कृष्णमायाले विवाह गराइएिकी थिइन् ।

कृष्णमायाकी जेठी छोरीसँग कैलाशको विवाह पक्का भएको थियो । विवाहकै दिन  उनकी जेठी छोरीले कैलाशसँग विवाह गर्न नमानेपछि जन्तीसहित बेहुलीको घर (कृष्णमायाको घर) पुगेका बेहुला (कैलाशसँग) कृष्णमायाले आफ्नी कान्छी छोरीकोे विहे गरिदिएकी थिइन् ।

सो विवाहकोविरुद्ध कृष्णमाया र कैलाशलाई विपक्षी बनाएर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा कैलाशलाई भने सफाई दिइएको छ । कृष्णमायाबाट पाँच हजार रुपैयाँ जरिवाना पीडितलाई भराउने फैसलामा भनिएको छ । जिल्ला अदालत रामेछापले बालविवाहको मुद्दामा गरेको यो पहिलो फैसला भएको जनाएको छ । पीडित बालिका अहिले बाल हेल्पलाइनकै संरक्षणमा छिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: