साहित्यीक पुरस्कारमा असमानता


प्रकाशित मिति :2016-07-16 12:00:21

नुनुता राई
sris ko phoolललितपुर । मदन पुरस्कारका लागि छनौट भएका साहित्यक कृति सार्वजनिकसँगै अहिले ती पुस्तकको चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा पुस्तकमाथिको मत अभिमत शुरु भएको छ । यसपटकको मदन पुरस्कारका लागि आमोई, ऐना, चीरहरण, निर्वाण, प्रश्नहरुको कारखाना, फिरफिरे, सिमानाका र¨ सिमानाका तर¨ गरी ७ साहित्यीक कृति छनौट भएका छन् । ती कृति मध्ये तेस्रो स्थानमा नीलम कार्की निहारिकाको उपन्यास चीरहरण र पाँचौ स्थानमा सरिता तिवारीको कविता संग्रह प्रश्नहरुको कारखाना मनोनित भएका हुन्  ।

‘राष्ट्रियस्तरको पुरस्कार महिला मैत्री छैन ।’ लेखक स्वयंले भन्ने गरेका छन् । अहिलेसम्मको पुरस्कार वितरण अध्ययन गर्दा यो भनाई पुष्टि पनि हुन्छ । वि.सं. २०१४ देखि २०६६ सम्मका मदन पुरस्कार प्राप्त पुस्तक  २८ वटा छन् । ती मध्ये २७ वटा पुरुष लेखकका र १ वटा मात्र महिला लेखकको पुस्तकले पुरस्कार पाएको छ । वि.सं. २०२७ देखि २०६० सम्म साझा पुरस्कार प्राप्त पुस्तक ३५ वटा भएकामा ३४ पुरुषको पुस्तकले पाएका छन भने महिलाको १ वटा पुस्तकले । त्यस्तै लोकसाहित्य पुरस्कार प्राप्त पुस्तक वि.सं. २०३८ देखि २०५९ सम्म जम्मा १२ वटामा सबै पुरुष लेखकको पुस्तकहरु छन् । २०५१ देखि २०७१ सम्मको २० वर्षमा साहित्यतर्फ राष्ट्रिय प्रतिभा पुरस्कार पाउने ८९ मध्ये १० जना मात्र महिला लेखक छन् ।

सरिता तिवारीले महिलाले लेखेको पुस्तक राष्ट्रिय स्तरको पुरस्कारबाट पुरस्कृत नहुनुमा महिलाले पनि समाजलाई ज्ञान दिन सक्ने पुस्तक लेख्न सक्छन भन्ने चेत छनौटकर्ताहरुमा नहुनुले हो भन्छिन् । उनले भनिन ‘पुरस्कारको लागि छनौट गर्ने, पुस्तकको समिक्षा गर्ने, पाठकसँगको साक्षात्कार गर्ने । यी सबै क्षेत्रमा पुरुषको वर्चस्व छ । यति भएपछि पुरुष लेखक कै पुस्तकको बढी चर्चा हुन्छ । पुरस्कार उसैले पाउँछ ।’ तिवारीको कविता संग्रह प्रश्नहरुको कारखाना यसवर्ष मदन पुरस्कारको छनौटमा परेकोे छ ।

आलंकारिक रुपमा भएपनि अहिले विभिन्न क्षेत्रमा जस्तै साहित्य पुरस्कारको छनौटमा महिलाको कृति पर्नु सकारात्मक परिवर्तन भएको उनको भनाई छ । यसमा सामाजिक सञ्जालले गर्दा पनि फाईदा पुगेको बताउँछिन् तिवारी । भनिन् ‘हामी महिलाले पाठकसँग साक्षात्कार गर्न सामाजिक सञ्जालले सहज बनाएको छ । यसको माध्यमबाट कृतिको बारेमा छलफल गर्न सरल बनेको हो ।’ यसवर्षको पुरस्कार वितरण निष्पक्ष हुने हो भने महिला पुरस्कृत हुने उनको दाबी छ ।

 एक कथा संग्रह र एक उपन्यास लेखीसकेकी आन्बीका गिरिले साहित्यीक क्षेत्रमा आफ्नो दरिलो उपस्थिति बनाईसकेकी छिन् । उनी पुरस्कार वितरणमा समानता नहुनु लेख्न सक्ने महिला लेखकको कमी नभएर पहँुचको आधारमा पुरस्कार छनौट हुनु हो भन्छिन् । पुरस्कार पाउनुमा प्रकाशकले गर्ने बजार प्रवद्र्धन, प्रचार/प्रसार र पाठकसँगको साक्षात्कारले पनि प्रभाव पार्ने उनको भनाई छ । हाम्रो समाजमा महिलाको तुलनामा पुरुष बढी नै फुर्सदिला हुने भएकोले आफ्नो पुस्तकबारे छलफल गराउँछन् । बजारमा तीनै पुरुषका पुस्तकले चर्चा पाउँछ । चर्चा भएपछि स्वत लक्षित पाठकसम्म पुगेर समिक्षा पनि राम्रो हुने उनको धारणा छ । उनी भन्छिन् ‘प्रकाशक आफै पुरुष भएपछि प्रचार÷प्रसारको लागि, पाठकसँगको साक्षात्कारको लागी बाहिर लाँदैनन जसले गर्दा सबै लक्षित पाठकसम्म पुस्तक पुग्न सक्दैन । जसले गर्दा पुस्तकले पाउनुपर्ने मुल्यांकन नपाएको अवस्था छ ।’

मदन पुरस्कार प्राप्त गरिसकेका साहित्यकार राजन मुकारुङ पुरस्कार वितरणमा समानता नभएको स्वीकार्छन् । उनी भन्छन् ‘महिलाले लेखेको पुस्तक पुरस्कृत हुन योग्य संख्यात्मक हिसाबले कमी छन् ।, यो स्वीकार्नु पर्छ र भएका कृति पुरस्कृत नहुनु दुखद हो ।’ नेपाली साहित्यीक आकाशमा शक्तिशाली महिला लेखक एकदमै कम रहेको उनको भनाई छ । महिलामा सशक्त लेखन क्षमता हुँदाहुँदै पनि विविध व्यवहारीक समस्याले जेलिने हुनाले लेखनशैली स्वतन्त्र रुपमा आउन नसकेको अवस्था रहेको उनको बुझाई छ ।

नेपाली वाङमयको लागी भनेर वितरित पुरस्कारको छनौटमा पुरस्कृत हुनुपर्ने महिला लेखकको पुस्तक वा कृति छनौटमा नपरेको उनको भनाई छ । ‘यसपटक मदन पुरस्कार छनौटमा परेको कृति मध्येमा पनि महिला लेखकको पुस्तक विधागत हिसाबले दुबै सशक्त छन् यी दुई मध्ये एक योग्य भन्नै सकिँदैन ।’

समिक्षक गुरुङ सुशान्त पुरस्कार वितरणमा महिलामैत्री नहुनु सामाजिक, सांस्कृतिक संरचनाले प्रभाव पारेको बताउँछन् । पुरुषको तुलनामा महिला लेखकको पुस्तकको गुणस्तर कमजोर हुनुको कारण पुरुषले जस्तो साहित्य रचना गर्नको लागि स्वतन्त्र वातावरण नपाउनु हो भन्छन् । सामाजिक संरचना नै पुरुषवादी चिन्तनले छोपेको कारण महिलालाई सशक्त रुपमा अगाडी आउन नदिईएको बताउँछन् । आएका सशक्त पुस्तकले पनि पुरस्कार नपाउनु दुखद भन्दै ‘पुरस्कृत नहुनुमा पुरस्कार वितरण र छनौट प्रकृया पारदर्शी नहुनु हो ।’ मदन पुरस्कारका लागि छनौट भएका पुस्तकमा प्रश्नहरुको कारखाना सशक्त लागेको उनी बताउँछन् ।

फिनिक्स प्रकाशन गृहबाट २८ पुस्तक मध्ये महिला लेखकको पुस्तक पारिजातको बाहेक सबै पुरुष लेखकका छन् । प्रकाशक गणेश सुवेदीका अनुसार महिला लेखक प्रकाशनको लागि अहिलेसम्म प्रकाशन गृह सम्म आएका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: