महिला खबर
सुनसरी । मोरङमा एकजना वालिकालाई सामूहिक बलात्कार गर्ने तीन जना कारागार चलान भएका छन् । टंकीसिनवारीकी एकजना १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगमा शुक्रबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
गत जेठ ६ गते बालिकालाई बलात्कार गरेको आरोपमा टंकीसिनवारी ४ का २६ वर्षीय विरेन्द्र साह, १८ वर्षीय निरज खवास र १७ वर्षीय महेश कुमार साहलाई जिल्ला अदालत मोरङले कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । घटनाको डेढ महिनापछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले अदालतमा उपस्थित गराएको थियो ।
Comment Here!