हिंसाको प्रतिकार गर्दै सुनसरीका किशोरी


प्रकाशित मिति :2016-07-17 12:51:48

लिलाराज भट्टराइ

 selfdefenceसुनसरी ।  ‘सर नजिकै आउनुहुन्थ्यो, ढाडमा धाप मार्ने, हल्का सुम्सुम्याउने गर्नुहुन्थ्यो । सुरु सुरुमा त माया नै गरेको होला जस्तो लाग्यो । तर यो क्रम वढन थालेपछि भने यौनजन्य दुव्र्यवहार भएको थाहा पाएँ’ नौ कक्षामा पढ्ने अनिशाले भनिन्,  ‘मलाई अतिनै नराम्रो लाग्यो । मैले क्लवमा गएर कुरा राखेँ । यस्तो दुव्र्यवहार सहनुहुँदैन भनेर मलाई वल प्रदान भयो । फेरी त्यो  सरले ममाथि त्यस्तो व्यवहार देखाएपछि  मैले किन यस्तो गर्नुहुन्छ ? मलाई यस्तो मन पर्दैन भनें  । अनि सरले त्यस्तो व्यवहार दोहोर्‍याउनुभएन ।’

धरानमा एकजना छिमेककै युवकले वालिकालाई जर्वजस्ति गरे । कसैलाई भनेमा मारिदिने धम्कि दिए । भोलिपल्ट विहान ती वालिकाले डरले काम्दै अविभावकलाई घटनाका वारेमा जानकारी गराइन् । अविभावकले प्रहरीमा उजुरी गरे । पीडकलाई प्रहरीले पक्राउ गर्‍यो । कानुनी प्रकृया जारी छ ।

एकजना किशोरले आफूलाई मोवाइलमा जथाभावी म्यासेज पठाएर दुःख दिएको भन्दै १९ वर्षीया एक किशोरीले  स्थानीय वालक्लवमा गुनासो गरिन् । क्लवले तुरुन्त उसलाई फोन गरेर अबदेखि  म्यासेज पठाएमा प्रहरीलाई खबर गरिदिन्छु भनेपछि  किशोरले तुरुन्त माफी माग्यो र अवदेखि त्यसो नगर्ने कसम खायो ।

मुना आफ्नो मोवाइल वनाउन रिपेयरिङ्ग सेन्टर गएकी थिइन् ।  मोवाइल वनाउनेले  मोवाइलमा  भिडियो पनि हालिदिएको छु हेर्नु है भन्यो । उनले के रहेछ भनेर त्यहीँ हेरिन् । अश्लिल भिडियो पो रहेछ । तुरुन्त उनले प्रहरीलाई फोन गरिन । प्रहरीले उसलाई नियन्त्रणमा लियो ।

सुनसरीका ग्रामिण क्षेत्रमा भएका यी घटनाले  पछिल्लो समय किशोरीहरू यौनजन्य हिंसाविरुद्ध प्रतिकार गर्न थालेका छन् । आफूमाथिको दुव्र्यहार  लुकाएर वस्ने होइन पीडकलाई कारवाही गराउने तर्फ उनीहरू अग्रसर भएका छन् । गाँउगाँउमा किशोरी  जागरुक वन्दै गएका छन् । उनीहरू हिंसा भयो भने चुपचाप सहेर वस्दैनन्,प्रतिकृया जनाइहाल्छन् । त्यसो गर्न थालेपछि दुव्र्यवहार गर्ने व्यक्तिहरू निरुत्साहित हुन् थालेका छन् ।

सुनसरीको भरौलमा रहेको सक्षम महिला समूहकी अध्यक्ष हुन्  रोहिता भट्टराई । समूहमा आएर किशोरीले आफूमाथि हुने गरेका दुव्र्यवहार वताउने क्रम वढेको रोहिता वताउँछिन् । समूहमा आउने किशोरीलाई आफूमाथि भएको हिंसा  सहेर नवस्न उनी सल्लाह दिन्छिन् । पीडकलाई कार्वाहीको दायरामा ल्याउन  सकेसम्म आफैँ खट्छिन् । पीडितलाई कानुनी उपचारका लागि वाटो देखाउने र कतिपय मुद्दामा आफैँ प्रहरी कार्यालयसम्म पुगेर उजुरी समेत दर्ता गराउनेसम्मको सहयोग उनले गर्दै आएकी छन् ।

सुनसरीको ग्रामिण क्षेत्रका केही ठाउँमा भरौलमा जस्तै किशोरी समूहरु सकृय छन् । किशोरी समूहका सदस्यहरू यौनहिंसा सहेर नवस्न किशोरीलाई प्रोत्साहित गर्छन् । दुव्र्यवहार भइहाले सम्वन्धित निकायमा लगेर कानुनी कारवाहीका लागि सहयोग गर्छन् । त्यस्ता समूह किशोरीले आफ्ना समस्या खुलस्त भन्ने गतिलो ठाँउ वनेका छन् ।

वालिका तथा किशोरी शक्ति नागरिक सञ्जाल सुनसरीकी संयोजक मञ्जिता उपाध्याय किशोरीमाथि हुने यौनजन्य हिंसा दुव्र्यवहारका घटना सार्वजनिक हुने क्रम वढेको वताउँछिन् । विभिन्न संघसस्थाले सञ्चालन गरेका सचेतना कार्यक्रमको प्रभावका कारण पनि हिंसा सहेर वस्ने होइन सार्वजनिक गरेर पीडकलाई कारवाही गराउनुपर्छ भन्ने भावना वढेको उनको भनाई छ ।

सक्षम महिला समूहकी अध्यक्ष रोहिता भटटराई  गाँउ गाँउमा चूनौति मोलेर सकृय किशोरी समूहलाई सम्वन्धित निकायले सहयोग गरेअझ सकृय हुनेमा विश्वस्त छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सुनसरीका प्रतिनिधि शेखर ढकाल किशोरीले आफू माथि हिंसा भएको हो कि होइन भन्ने थाहा नै नपाई पनि हिंसामा पर्ने गरेको वताउँछन्  । ‘उनीहरू  सचेत हुनु नै हिंसावाट वच्ने उपाय हो’ ढकाल थप्छन् ।

आफ्रमाथि हुने यौनजन्य दुव्र्यवहार र हिंसाका वारेमा सचेत गराउँदै हिंसाविरुद्ध सकृय भएमा महिला र किशोरीमाथि हुने हिंसा घट्नेमा दुइमत छैन । साथै पीडकलाई कानुनी दायरामा ल्याउन पनि यसले सघाउँछ र  हिंसामा परेर न्यायमा पहुँच नपुगेकाहरूलाई उनीहरूले नै न्यायका लागि पहल गर्न सक्नेछन् ।

किशोरीहरूको सुरक्षाका कारण लेखमा उल्लेखित नाम परिवर्तन गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: