महिला तथा बालबालिका कार्यालय जुम्लाको प्रगति बिवरण सार्वजनिक


प्रकाशित मिति :2016-07-17 13:09:50

महिला खबर
कालिकोट । चालु आर्थिक वर्षमा संचालित कार्यक्रम अन्तर्गत महिला तथा बालबालिका कार्यालय जुम्लाद्धारा गरिएका क्रियाकलापको प्रगति विवरण सार्वजनिक गरिएको छ । जसमा आर्थिक वर्ष २०७२\७३ मा लिईएका लक्ष्य अनुसार भौतिक प्रगति तर्फ ९९ दशमलव ९६ प्रतिशत र वित्तिय प्रगतितर्फ ९९ दशमलब ९४ प्रतिशत काम भएको कार्यालयले जनाएको छ ।

यस्तै चालु आर्थिक वर्षमा जम्मा बजेट १ करोड ३९ लाख १३ हजार रुपैया विनियोजित भएकोमा कुल १ करोड ३८ लाख ८ हजार रकम खर्च भएको कार्यालयले जनाएको छ । चालु आवमा महिला विकास कार्यक्रमतर्फ ११ लाख ६० हजार विनियोजित सबै रकम खर्च भएको महिला विकास अधिकृत अनिता ज्ञवालीले बताइन् ।

गरिबि विरुद्ध महिला अभियान, लैगिक हिंसा निवारण, संकटासन्न बालबालिकाको संर्वेक्षण लगायतका कार्यक्रम संचालन गरिएको उनले बताइन् । सुचना, संचार र शिक्षाको शिर्षकमा ४ लाख रुपैया विनियोजित भएको पनि उनले जानकारी दिइन् ।

बैठकमा आर्थिक वर्ष २०७२\७३ मा भएका उपलब्धी, सिकाई र आईपरेका समस्याका विषयमा छलफल तथा जानकारी गराईएको छ । कार्यालयले वर्षभरी गरेका क्रियाकलाप अनुसार कार्यालयलाई अपांग, बाल र बालमैत्री बनाईएको भन्दै जिल्ला तथा सामुदायिक सेवा केन्द्र अन्तर्गत १ सय १३ जना महिलाहरुलाई सेवा प्रदान गरिएको महिला विकास अधिकृत ज्ञवालीले बताइन् ।

समुदायस्तरमा काम गर्दा जिल्लामा प्रमुख समस्याका रुपमा रहेका बालविवाह तथा छाउपडि प्रथालाई न्युनिकरणका लागि सराकोरवाला निकायसंग समन्वय गरी कार्य योजना बनाई बढ्ने, सयुक्त अनुगमनको कार्य जेष्ठ मसान्त भित्रै गर्नुपर्ने अबको सिकाईको रुपमा कार्यालयले लिएको बताईएको छ । अल्पकालिन आश्रय सहितको सेवा केन्द्रबाट बचेको ९० हजार रकम जिल्ला सेवा केन्द्रलाई दिने पनि निर्णय भएको महिला तथा बालबालीका कार्यालय जुम्लाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: